Bisal Chautari Logo

१० वर्षपछि अष्ट्रेलियामा मंगोलियन हार्टको साङ्गीतिक धमाका, 23 तारिख पर्थमा प्रस्तुति दिँदै

- ९ बैशाख २०८०, शनिबार ०९:३२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८० बैशाख ९, शनिवार ।
१० वर्षपछि अष्ट्रेलियामा नेपालको चर्चित ब्यान्ड ‘मंगोलियन हार्ट’ले पाँच स्थानमा कन्सर्ट सकेको छ । ब्यान्डले पूर्व निर्धारित तालिका अनुसार अप्रिल १० तारिखमा मेल्बर्नबाट यात्रा सुरु गरेर १३ तारिखमा ब्रिस्बेन, १५ मा सिड्नी, १६ मा केन्बेरा र २१ मा डर्विनमा कन्सर्ट सकेको हो । पाँच स्थानमा दर्शकको ठूलो भिड थियो ।

ब्यान्डले आफ्नो चर्चित गीत ‘मेरो नेपाल’बाट प्रस्तुति सुरु गर्दै ‘बाँदलपारीको देशबाट’, ‘म माया लाउँदिन’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘बल्ल तल्ल भेट भयो’, ‘जुन झै मुहर’, ‘सायद तिम्रो बाटोमा’ आदि गीतहरु दर्शकले ब्यन्ड सँग संगै गाउँदा माहोल तातेको थियो । ‘पाँचवटै स्थानमा दर्शक प्रस्तुतिमा झुम्मिएका थिए, १० वर्षपछि फर्कदा पनि अष्ट्रेलियामा माया घटेको रहेनछ, झन् बढेको पाइयो,’ ब्यान्डका म्यानेजर एवम् गितारिस्ट बबि लामाले बताए । पर्थ नेपालका फाउण्डर श्री न्यौपाने भन्छन् मङोलियन हर्टलाई हामी आफ्नो शहरमा ल्याउन पाउदा धेरै खुशी छौ । पर्थको दर्शक वहाँहरुको प्रस्तुति हेर्न एक दम अतुर छन् ।

लामाका अनुसार अब ३ स्थानमा कन्सर्ट बाँकी छ । भोली २३ तारिख पर्थ शहरमा प्रस्तुति दिने तालिका छ । त्यसपछि २९ मा होबर्ट हुँदै ३० तारिखमा एडलेडमा पुगेर यात्रा टुंगिनेछ । ३० वर्षअघि सन् १९९२ मा स्थापना भएको यो ब्यान्डमा रिदम गीतार तथा म्यनेजरमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गीतारमा किरन नगरकोटी, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् ।

प्रतिक्रिया