Bisal Chautari Logo

चलचित्र ‘जारी’ रिलिजको चौथो दिन ‘रीत’ गीत सार्वजनिक, दयाहाङ र मिरुना प्रेमिल भाव

- ४ बैशाख २०८०, सोमबार २१:२९ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८० बैशाख ४, सोमवार ।
फिल्म ‘जारी’ रिलिजको चार दिनपछि सिनेमामा समावेश चर्चित गीत ‘रीत’ सार्वजनिक गरिएको छ । सुपरस्टार अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर फिचर्ड गीतलाई मनोज थापामगरले संगीत गरेका छन् । मनोज र सुनिता थेगिमको स्वर रहेको गीतमा हर्क साउदको शब्द रचना छ, भने एनमक्सले एरेञ्ज गरेका छन् ।

फिल्ममा दम्पतीको भूमिका निर्वाह गरेका दयाहाङ र मिरुनाको सम्बन्ध पुनर्मिलनको सन्दर्भमा यो गीत समावेश भएको छ । बाँसुरी फिल्म्सको ब्यानरमा उपेन्द्र सुब्बाले निर्देशन गरेको फिल्मले लिम्बू समुदायमा प्रचलित जारी संस्कृतिको कथा पेश गर्छ । फिल्मले पहिलो सप्ताहन्तमा नै चार करोडभन्दा बढी ग्रस कमाइ गरिसकेको छ ।

प्रतिक्रिया