Bisal Chautari Logo

चाम्सको निर्देशनमा, र्निमलाको ‘तिमी मेरै हौ’ सार्वजनिक (भिडियो सहित)

- १ असार २०७१, आईतवार १८:४७ मा प्रकाशित


milan chams and Nirmala Rai Pariwesh song Timi Merai Hau
विशाल चौतारी समाचारNirmala Rai Pariwesh song Timi Merai Hau
काठमाडौं, २०७१ असार, १ आइतबार । गीतकार र्निमला राई ‘परिवेश’को केही वर्ष अगाडी आएको एल्बम ‘रोशनी’को एक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । करिव १०० भन्दा बढि सफल म्युजिक भिडियो निर्देशनपछी चलचित्र ‘हसिया’ निर्देशनमा सफल्ता पाएका निर्देशक मिलन चाम्सले सो गीतलाई निर्देशन गरेका छन् ।
‘तिमी मेरै हौ’ बोलको गीतलाई चर्चित जोडी गायक उदय सोताङ र गायिका मनिला सोताङले गाएका छन् । मुढे र कुलेखानिमा सुटिङ भएको गीतलाई पछिल्लो समयका चर्चित संगीतकार महेश खड्काले संगीत गरेका हुन् । सार्वजनिक म्युजिक भिडियोमा पछिल्लो समयका व्यास्त अभिनेत्री आशिष्मा नकर्मी र अभिनेता एसराजले अभिनय गरेका छन् । ५ मिनेट सात सेकेन्डको म्युजिक भिडियोलाई निर्देशक चाम्सले नै सम्पादनपनि गरेका हुन् । भिडियोलाई राम कुमार केसीले खिचेका हुन् ।

[gss ids=”4035,4036,4037,4042,4038,4041,4040,4039″]

गीतकार र्निमला राई ‘परिवेश’ले आफ्नो सार्वजनिक भएको म्युजिक भिडियोको बारेमा बोल्दै ‘तिमी मेरै हौँ बोलको गीत पारिवारीक गीतको रुपमा सृजना गरेका बताइन् । म्युजिक भिडियो निर्देशनमा निर्देशक मिलन चाम्सले आफ्नो कथा अनुसार न्यायपुण किसिमले प्रस्तुती दिएको बताइन् । कुराकानीको क्रममा र्निमला राई ‘परिवेश’ले परदेशमा बसेरपनि नेपाली संगीतको विकाशका लागी गीतहरु सृजना गर्ने गरेको बताइन् । भनिन्–‘तर हामि परदेशमा बस्ने मानिसहरुले एल्बम निकाल्दा पैसा धेरै भएर निकालेको भन्ने आरोप लाग्ने गरेको छ । यो सबै गलत कुरा हो । परदेशमा बस्ने मानिसहरुले गरेका सृजनाले पछिल्लो समय नेपाली संगीतमा पुर्‍याएको योगदानको बारेमापनि बुझ्न जरुरी छ ।’
गीतकार र्निमला राई ‘परिवेश’ नेपाली साङ्गीतिक क्षेत्रमा औपचारीक रुपमा २०६५ सालदेखी लागेपनि नेपाली साहित्य तथा लेखन क्षेत्रमा भने १२ वर्षको उमेरदेखी नै लागेको बताउछन् । वि.स. २०४३ सालताका र्निमला लाईले लेखेको गीत कविता संग्रह ‘परिवेश’ ल्याएका थिए । त्यसपछि साहित्य सृजनाहरु गर्ने क्रममा २०६५ सालबाट औपचारीक रुपमा गीतहरु रेकर्ड गराउन सुरु गरेको विशाल चौतारीसंगको कुराकानीमा बताइन् । पहिलो गीत एकैचोटी ‘टुक्रिएको मुटु’ र हुदैन बिहानी ल’ बोलको गीत रेकर्ड भएको र्निमला राईले बताइन् । यी दुबै गीतहरु संगीतकार महेश खड्काले संगीत गरेका थिए भने, प्रमोद खरेल र सत्यकला राईले गाएका थिए ।
नेपाली गीत संगीतलाई निरन्तरता दिदै आफुले आज भन्दा दुई वर्ष अगाडी सोलो एल्बम रोशनी विमोचन गराएको थिए । एल्बममा जम्मा ८ गीतहरु समावेश रहेका छन्, भने एल्बममा सबै किसिमका गीतहरु समावेश गरेको गीतकार र्निमला राई ‘परिवेश’ले बताइन् । milan chams and Nirmala Rai Pariwesh song Timi Merai Hau by Udaya Sotang & Manila Sotang, Model : Sraj Garach & Ashishma Nakarmi,  Cinematographahy BY : Ram Kumar KC,  Directed & Edit By Milan Chams

भिडियो हेर्नका लागी यहाँ क्लिक गर्नुहोला ।

ad

प्रतिक्रिया