Bisal Chautari Logo

रणविर कट्रीनाको जोडि नम्बर वान, अमिताभ र जया तेस्रोमा

- ५ फाल्गुन २०७०, सोमबार १०:५७ मा प्रकाशित


मुम्बई : केहि समय पहिलादेखि निकै चर्चामा रहेको बलिउड अभिनेत्री कट्रीना कैफ र अभिनेता रणवीर कपुरकोबीचको अफएयर्स सम्बन्धमा धमीरा लाग्दै गएको खवर मिडियाहरुमा छाईरहेको छ । उनीहरुबीच खतपत भएपनि मानिसहरुकोविचमा भने उनीहरुको जोडि उत्कृष्ट रहेछ । हालै गरिएको एक सर्वेक्षणमा रणवीर र कट्रीनाको हट जोडि नम्वर वन नै बनेको छ । बलिउडमा कुन जोडि नम्वर वन छ भनेर हालै एक वेवसाइडले गरेको सर्वेक्षणमा रणविर र कट्रीनाको जोडिले बाजी मारेको हो । यो जोडिको लागि जनताले ५९ प्रतिशत मत दिएका थिए ।
बलिउडको अर्को चर्चीत रणवीर सिंह र दीपिका पांदुकोणको जोडि यस जोडिसर्वेक्षणमा दोस्रो स्थानमा आएको छ । रणवीर र दीपिकाको जोडिको लागि ३० प्रतिशत मत प्राप्त भएको थियो । जनताले यी दुई जोडिलाई उनीहरुको रिअल लाईफमा पनि देख्न चाहेका छन् भने उनीहरुको प्रेमलाई चर्चा गर्दा समेत  मानिसहरु निकै खुशि हुने समाचारमा जनाईएको छ । बिग बी तथा बलिउड चलचित्र उद्योगकै चर्चित अभिनेता अमिताभ बच्चन र उननको पत्नी जया बच्चन यस सर्वेक्षणको तेस्रो नम्वरमा परेका छन् । त्यसै गरी मानिसहरुले अमिर खान र उनको पत्नी किरण रावको जोडिलाई चौथो, उदय चोपडा र नरगिस फाखरीको जोडिलाई भने पाचौ नब्वरको स्थानमा राखेका छन् ।

add

प्रतिक्रिया