Bisal Chautari Logo

‘रोयल नाइट विथ करण राई’ अमेरिका, एक्रोनमा भ्वाईस बिजेता करणको धमाकेदार प्रस्तुती

- २३ चैत्र २०७९, बिहीबार १२:०७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ चैत २३, बिहिबार ।
द भ्वाईस अफ नेपाल सिजन ४ का बिजेता करण राई अस्ट्रेलियाको भव्य कन्सर्ट सकेर अहिले अमेरिकाको विभिन्न सहरहरुमा साङ्गीतिक प्रस्तुती दिन व्यस्त रहेका छन् । यस्तैमा केही दिन अगाडी अमेरिकाको आहायो, एक्रोनमा करणले धमाकेदार प्रस्तुती दिदै दर्शक झुमाएका छन् ।

‘रोयल नाइट विथ करण राई’ नाम दिइएको कन्र्सटमा करणले भ्वाईस अफ नेपाल – ४ को बिजेता बनाउन सपोर्ट गर्ने दर्शकहरुमा धन्यवाद दिए । रोयल प्यालेस एक्रोन र टिएन क्षेत्रीले आयोजना गरेको कन्सर्टमा करणले द भ्वाईस अफ नेपाल सिजन ४ मा गाएका गीतहरु मार्फत दर्शक झुमाएका थिए ।

करणले ‘सिरानमा फोटो छ’ गीत मार्फत आफ्नो प्रस्तुती सुरु गरेपछि लगातार १ घण्टा ३० मिनेट बढी समय दर्शकलाई झुमाएका थिए । वान्स मोर, वान्स मोर हुटिङ आइरहदापनि समय पावन्धिका कारण अन्तिम प्रस्तुती करणले ‘देउरालीको चौतारीमा’ बोलका गीत मार्फत गरेका थिए । यसपछि पनि अमेरीकाको विभिन्न सहरहरुमा करणको कन्सर्टहरु रहेका छन् । कन्र्सटनमा ब्यास्त बनिरहेकाले नेपाल आउन र अफिसियल गीतहरु ल्याउन ढिला भएको करणले बताए ।

तस्बिरहरु : इन्द्रावति क्रियशन

प्रतिक्रिया