Bisal Chautari Logo

पल शाह अभिनित ‘तिमीसंगै हुँदा’ म्युजिक भिडियो सार्वजनिक

- १७ चैत्र २०७९, शुक्रबार १८:०८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ चैत १७, शुक्रबार ।
लामो समय पछी अभिनेता पल शाहले अभिनय गरेको ‘तिमीसंगै हुँदा’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार निशा शर्मा अर्यालको रचनामा तयार पारिएको गीत तिमीसँगै हुँदा ओेएसआर डिजिटलबाट सार्वजनिक भएको हो ।

तिमीसँगै हुँदालाई निर्देशक तथा कोरियोग्राफर दिनेश पाख्रिनले निर्देशन गरेका हुन । जनक कार्की नृत्य निर्देशक रहेको गीतमा पलसँगै कला राई फिचर्ड छन् । रोमान्टिक लभस्टोरी गीतमा सन्तोष श्रेष्ठको संगीत र प्रकाश मिश्रको मिक्सिङ रहेको छ । निशा शर्मा अर्यालको शब्दलाई राजु कार्कीले एरेन्ज गरेका हुन । गीतमा प्रताप दास र अस्मिता अधिकारीको स्वर रहेको छ । यस्तै तिमीसँगै हुँदालाई राम केसीले खिचेका हुन भने सम्पादन, कलर र भिएफएक्स टेकेन्द्र शाहको रहेको छ । गीत सर्लाहीको बागमती आसपास छांयाकन गरिएको छ । गीतले आन्तरिक पर्यटन प्रवर्द्वनमा सहयोग पुग्ने निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया