Bisal Chautari Logo

‘नाइँ नभन्नु ल ६’ ट्रेलर सार्वजनिक

- १६ चैत्र २०७९, बिहीबार २२:४५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ चैत १६, बिहिबार ।
विकास आचार्य निर्देशित फिल्म ‘नाइँ नभन्नु ल ६’को ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट लामो ट्रेलरमा बाल र युवापुस्ताको प्रेम र विछोडलाई सांगीतिक शैलीमा प्रस्तुत गरिएको छ ।

एक्सन, ड्रामा दृश्यले समेत भरिपूर्ण ट्रेलरमा डेब्यु अभिनेता आशिर्वाद क्षेत्री शीर्ष भूमिकामा देखिएका छन् । आशिर्वाद र आँचललाई रोमान्टिक जोडीको रुपमा प्रस्तुत गरिएको छ । गायिकाको रुपमा सफल हुन संघर्ष गरिरहेको पात्रको भूमिकामा उनी प्रस्तुत छन् । सरोज खनाल, प्रियंका कार्की, केकी अधिकारी, अनुभव रेग्मीसहित अन्य बाल कलाकारलाई पनि चित्रण गरिएको छ । विकास आचार्य र विष्णुमणि दाहालले निर्माण गरेको फिल्म वैशाख १ गते प्रदर्शनको तयारीमा छ ।

प्रतिक्रिया