Bisal Chautari Logo

प्रतापको स्वरमा ‘नाइँ नभन्नु ल ६’ को शीर्ष गीत सार्वजनिक, रोमान्टिक आँचल र आशीर्वाद

- १० चैत्र २०७९, शुक्रबार २०:५६ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ चैत १०, शुक्रबार ।
बैशाख १ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘नाइँ नभन्नु ल ६’ को शीर्ष गीत सार्वजनिक भएको छ । ‘तिम्रो आँखामा आँखा जुधाइ भन्न मन छ एउटा कुरा’ बोलको गीतलाई वसन्त सापकोटाले संगीत गरेका हुन् । प्रताप दासको स्वर रहेको रोमान्टिक गीतमा कलाकारहरु आँचल शर्मा र आशीर्वाद बराल फिचर्ड छन् ।

‘नाइँ नभन्नु ल’ सिरिजकै परिचित लयमा संगीत बुनिएको छ । गीतले फिल्मका दुई शीर्ष कलाकारको सम्बन्ध स्थापनामा भूमिका खेल्छ । यसै फिल्मबाट डेब्यु गर्न लागेका आशीर्वाद र आँचलले फिल्ममा प्रेमिल जोडीको भूमिकामा अभिनय गरेका छन् । विकास आचार्य निर्देशित यो फिल्मलाई विष्णुमणि दाहालसँग मिलेर आचार्यले निर्माण गरेका हुन् । छैटौं सिरिजमा बाल मनोविज्ञान र तन्नेरीको प्रेमकथालाई पनि कथावस्तुको रुपमा पेस गरिएको निर्देशक आचार्यले जानकारी दिए ।

प्रतिक्रिया