Bisal Chautari Logo

‘ज्याकीः आई एम ट्वान्टी वान’ : जसिताले भनिन् मसँग ‘रुबी’ नजिक छिन्

- १० चैत्र २०७९, शुक्रबार १८:२६ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ चैत १०, शुक्रबार ।
नायिका जसिता गुरुङले आफ्नो तेश्रो प्रोजेक्टको रुपमा फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’मा काम गरिन् । यो फिल्मको छायांकन भएको ३ बर्ष भैसकेको छ । यसपछि जसिताले एक रियालिटी शोको निर्णायक भएर काम गरिसकेकी छिन् । तर, जसितालाई ‘रुबी’ पात्रले अझै पनि छाड्न सकेको छैन । सार्वजनिक कार्यक्रममा समेत जसिता ‘रुबी’ पात्रकै गेटअपमा हिड्ने गरेकी छिन् ।

फिल्मकी निर्देशक रेनशा वान्तवा राइले ‘आई एम ट्वान्टी वान’का लागि जसिताले ३ बर्षको समय दिएको बताइन् । भनिन्–‘कुनै पनि कलाकारले ३ बर्षसम्म एउटै प्रोजेक्टका लागि समय दिनु सामान्य कुरा होइन । जसिताले रुबी पात्रमा आफूलाई जिउनका लागि निकै मिहिनेत गरेकी छिन् ।’ आखिर, जसितालाई रुवी पात्रले यति धेरै किन छोएको होला ? जसिता भन्छिन्–‘म आफैसँग सपना देख्छु । फिल्ममा पनि रुबी यस्तो एक पात्र हो, जसले आफू भित्र नै सपना देख्छे । यसैले, मसँग रुवी नजिक छिन् । म रुवीलाई कहिले पनि छाड्न सक्दिनँ ।’

जसिताले ‘सुपर डान्सर’ नामक रियालिटी शोको निर्णायक भएर काम गरिन् । फिल्मको कथामा पनि आफूले गरेको मिहिनेत जस्तै यो रियालिटी शोमा पनि प्रतिस्पर्धीले गरेको मिहिनेतले आफूलाई भावुक बनाएको उनको अनुभव छ । उनी भन्छिन्–‘म सुपर डान्सरका बाबु नानीहरुसँग धेरै पटक रोएकी छु । किनकी, मैले आई एम ट्वान्टी वानमा त्यही पात्र बाँचेको छु, जुन सुपर डान्सरका प्रतिस्पर्धीले बाँचेका थिए ।’ जसिताले आगामी दिनमा आफूले जति फिल्ममा काम गरेपनि ‘रुबी’ सधै आफ्नो मनमा बस्ने बताइन् । बैशाखको २१ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको फस्टलुक, टिजर र गीत सार्वजनिक भएको छ । ‘रुबी’ पात्रको अझै पनि भूमिका खुलिसकेको छैन । आगामी दिनमा यो पात्रको चरित्र खुल्दै जादा दर्शक झनै उत्साहित हुने जसिताको भनाई छ ।

प्रतिक्रिया