Bisal Chautari Logo

‘जारी’ ट्रेलर सार्वजनिक : दयाहाङ र मिरुना बीचको सम्बन्धमा आउने दरार र जारीप्रथाको कथा

- १० चैत्र २०७९, शुक्रबार १५:३६ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ चैत १०, शुक्रबार ।
नयाँ वर्ष वैशाख १ गतेदेखि रिलिजको तयारीमा रहेको फिल्म ‘जारी’को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको शीर्ष भूमिका रहेको फिल्मले लिम्बू समुदायमा रहेको जारीप्रथाको कथा प्रस्तुत गर्छ ।
फिल्मलाई उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेका हुन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा फिल्मको ट्रेलर रिलिज गरिएको हो । जारी प्रथामा आधारित रहेको फिल्मको ट्रेलरमा लिम्बु संस्कृति र भेषभुषा झल्किन्छ । फिल्ममा दयाहाङ र मिरुना पतिपत्नीको भूमिकामा हुन्छन् । यो निःसन्तान दम्पतीबीच सम्बन्धमा दरार आएपछिको घटनाक्रमलाई ट्रेलरमा प्रस्तुत गरिएको छ ।

‘कबड्डी ४’पछि दयाहाङ राई र मिरुना मगरले यो फिल्ममार्फत कमब्याक गरेका हुन् । ब्लकबस्टर फिल्म ‘कबड्डी ४’ पछि दयाहाङ र मिरुनाले ‘जारी’मा सहकार्य गरेका छन् । फिल्ममा दयाहाङ र मिरुनासंगै रेखा लिम्बु, रोयदीप श्रेष्ठ, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो, पन्थक ठुले लगायतका कलाकारको अभिनय छ ।

सुरेश नियोङ लिम्बुको कन्सेप्टमा निर्माण भएको फिल्ममा झुमा लिम्बु र गंगा थापाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । बाँसुरी फिल्मस्को प्रस्तुती र कबड्डी फिल्मस्को सहकार्य निर्माण भएको फिल्मका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुन् । फिल्ममा शृजना निङलेकु, मनोरथ पोखरेल, अल्बिन लिम्बु, पीटर गुरुङ, देवयानी राई र क्षितिज लिम्बुको सह–निर्माताको रुपमा रहेका छन् ।

प्रतिक्रिया