Bisal Chautari Logo

अन्तराष्ट्रिय आदिवासी फिल्म महोत्सव सुरु

- २९ जेष्ठ २०७१, बिहीबार १७:१७ मा प्रकाशित


nepali film
विशाल चौतारी समाचार
काठमाडौं, २०७१ जेठ, २९ विहिबार । काठमाण्डौमा आजबाट ‘नेपाल अन्तरराष्ट्रिय आदिवासी फिल्म महोत्सव २०७१’ सुरु भएको छ । आइफाले राष्ट्रिय सभागृहमा आयोजना गरेको आठौ संकरणको महोत्सव उद्घाटन संकृतविद् सत्यमोहन जोशीले गरेका छन् ।nepali film (2)
‘नेपाल अन्तरराष्ट्रिय आदिवासी फिल्म महोत्सव २०७१’मा नेपाल सहित १८ देशका आदिवासी जनजाती सम्बन्धी सिनेमा प्रतिस्पर्धामा रहेका छन् । प्रमुख अतिथी जोशीले महोत्सवका निर्णायक भारतीय फिल्मकर्मी जे एल भारद्धाज, जापानी फिल्मकर्मी मिजोगुची नाओमी र संचारकर्मी अनिता गुरुङलाई सम्मान गरेका थिए । महोत्सवको उद्घाटनसँगै ब्राजिलको छोटो चलचित्र ‘अनर्स अफ द वाटर’ प्रदर्शन गरिएको थियो । महोत्सव उद्घाटन अघि विभिन्न आदिवासी जनजातिका संकृती झल्काउँने समुदायको झाँकी प्रस्तुत गरिएको थियो । महोत्सवमा ३६ वटा लामा र छोटा फिल्म देखाइने आयोजकले बताएको छ । आयोजकले महोत्सवमा अन्तरराष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट हुने फिल्मले ‘गोल्डेन ड्रम’, द्धितीय हुनेले ‘सिल्भर ड्रम’, तृतीय हुनेले ‘ब्रन्ज ड्रम’, जुुरी अवार्ड प्राप्त गर्ने फिल्मले पनि ‘ब्रन्ज ड्रम’ प्राप्त गर्नेछन् । त्यस्तै नेपाली पानोरमा सिनेमा अन्तर्गत उत्कृष्ट हुनेले १५ हजार रुपैयाँ र नेपाली पानोरमा अन्तर्गत नै प्रोत्साहन पुरस्कार प्राप्त सिनेमाले २५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

ad

प्रतिक्रिया