Bisal Chautari Logo

श्रीमतीको तस्बिर देखाउदा यसरी लजाए सैफ र रितेश

- २९ जेष्ठ २०७१, बिहीबार १५:३० मा प्रकाशित


Saif Ali Khan And Ritesh Deshmukh-Comedy Nights With Kapil
एजेन्सी समाचार
मुम्बई, २०७१, जेठ २९ विहिबार । बलिउड स्टार अभिनेता सैफ अली खान र रितेश देशमुख आफ्नो पछिल्लो चलचित्र ‘हमशकल्स’को प्रोमोशनमा व्यास्त रहेका छन् । यस्तै प्रोमोशनको क्रममा यी दुई अभिनेताद्धय चर्चित टिभी सो ‘कमेडी नाइट्स विथ कपिल’मा पुगेको थिए । जहाँ यी दुई अभिनेताद्धय सैफ र रितेशले आफ्नो फ्यान दर्शकहरुलाई खुब मनोरञ्जन दिलाएका छन् । यी दुई अभिनेताको साथमा चलचित्रका अन्य कलाकारहरु क्रमश: राम कपूर, इशा गुप्ता, तमन्ना भाटिया र निर्देशक साजिद खान उपस्थित भएका थिए । Saif Ali Khan And Ritesh Deshmukh-Comedy Nights With Kapil
कार्यक्रमको विचमा अभिनेताद्धय सैफ र रितेशले आ–आफ्नो श्रीमति (करिना र जेनेलिया)को तस्बिर निकालेर उपस्थित दर्शकहरुलाई देखाएका थिए । तस्बिर देखाउदा यी दुई अभिनेताद्धय नै लजाएका थिए । यो चलचित्र यहि जुन २० तारिकको दिन रिलिज हुने भएको छ ।

ad

प्रतिक्रिया