Bisal Chautari Logo

नरेन्द्र राईको ‘आमा मेरी आमा’ सार्वजनिक || निकेशको निर्देशनमा सूर्यमाला ‘आमा’

- २ चैत्र २०७९, बिहीबार २१:१७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ चैत २, बिहिबार ।
गायक नरेन्द्र राईको स्वरमा ‘आमा मेरी आमा’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नरेन्द्रले आफ्नी दिवंगत आमा बिन्द्र माया राईको सम्झनामा गाएको गीतका शब्दलाई जानुका राईले रचेकी हुन । यस गीतलाई शिवसंगम राईले संगीत दिएका छन् ।

चलचित्र निर्देशक समेत रहेका निर्देशक निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा गायक नरेन्द्रले छोराको भूमिकामा आफैले अभिनय गरेका छन । उनकी आमाको भूमिकामा शसक्त अभिनयकी धनी कलाकार सूर्यमाला खनालले अभिनय गरेकी छिन । सूर्यमाला खनाल लोकप्रिय अभिनेता सरोज खनालकी अर्धाङिनी समेत हुन जो नेपाली सिनेमा, नाटक र म्यूजिक भिडियोहरुमा बेला बेलामा देखिईरहन्छिन । उहाँ जस्तो कलाकारलाई हामी मेकरले चिन्दैनौ आज कति मान्छे निकै ब्यस्त रहदा उहाँ जस्तो कलाकार खाली बस्न परेको छ । त्यसैले उहाँको सम्मान स्वरुप पनि मैले यस पटक उहाँसँग काम गर्ने मौका पाए जुन निकै राम्रो अनुभूति भयो निर्देशक खड्काले भनेका छन ।

मातृत्व बर्णन गरिएको शब्दलाई गायक नरेन्द्र जीको आमा प्रतिको माया र सम्झना समेट्दै आफूले रचना गरेको र गायक नरेन्द्र राईले त्यसलाई पूर्ण साकार परिदिएको भन्दै रचनाकार राईले यो गीत हरेक सन्तानका लागि आमा सम्झिने एक गीत भएको बताएकी छिन । २०२३ फ्रेब्रुअरी १९ तारिखका दिन आमा गुमाएका गायक राईले यो गीत बनेपछि बल्ल मनमा शान्ति भएको र आमा सधै आफूसँगै रहेको अनुभूति भएको बताएका छन ।

प्रतिक्रिया