Bisal Chautari Logo

‘नाइँ नभन्नु ल ६’ को ‘दिउँला माया’ गीत सार्वजनिक || आँचल र आशिर्वाद रोमान्टिक

- २९ फाल्गुन २०७९, सोमबार १८:४० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ फागुन २९, सोमबार ।
प्रतिक्षित फिल्म ‘नाइँ नभन्नु ल ६’को ‘दिउँला माया’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा र डेब्यु अभिनेता आशिर्वाद बराल फिचर्ड छन् । सार्वजनिक गीतमा रोमान्टिक मुडमा देखिएका (आँचल र आशिर्वाद) दुई शीर्ष पात्र बिचको सम्बन्धबारे गीतले खुलासा गरेको छ ।

आशिर्वादले सफल गायक बन्न संघर्ष गर्ने पात्रको भूमिका निर्वाह गरेका छन् । भिडियोमा उनी रेस्टुरेन्टमा गीत गाउँदै गरेको देख्न सकिन्छ । जहाँ आशिर्वादले गीत गाउन अगाडी आँचललाई पनि गीत गाउनका लागी स्टेजमा बोलाउछन्, अनी एकसाथ गीत गाउछन् ।

बेनिशा पौडेल र शरद शंकरको स्वर रहेको गीतमा गायक शंकरकै संगीत छ । कृष्णहरि बरालको शब्दमा रहेको अघिल्लो सिरिजको गीत ‘मर्ने कसैलाई रहर हुँदैन’ नाइँ नभन्नु ल सिरिजको सबैभन्दा हिट गीत हो । छैटौं सिरिजमा केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल लगायतको अभिनय छ । फिल्मलाई विकास आचार्यले निर्देशन गरेका हुन् । फिल्म बैशाख १ गते प्रदर्शनको तयारीमा रहेको छ ।

प्रतिक्रिया