Bisal Chautari Logo

९५ औं ओस्कार अवार्डमा ‘एभ्रिथिङ एभ्रीह्वेर’लाई उत्कृष्ट फिल्मसहित ७ विधामा अवार्ड (विजेताहरुको सूची)

- २९ फाल्गुन २०७९, सोमबार १४:२२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ फागुन २९, सोमबार ।
९५ औं संस्करणको ओस्कार (एकेडेमी अवार्ड) अवार्डमा ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’ उत्कृष्ट फिल्म घोषित भएको छ । सोमबार भएको अवार्ड समारोहमा यस फिल्मले उत्कृष्ट फिल्मसहित सात विधामा अस्कर अवार्ड जितेको हो ।

यो फिल्मले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशन, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट सम्पादन, मौलिक पटकथा, उत्कृष्ट सह–अभिनेता, उत्कृष्ट सह–अभिनेत्रीको अवार्ड जितेको हो ।

‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स’बाट अभिनेत्री मिसेल योह ओस्कारमा सर्वश्रेष्ठ अभिनेत्री बन्ने पहिलो एसियाली अभिनेत्री बनिन् । अवार्ड ग्रहण गर्दै मिसेलले भनिन्, ‘महिला साथीहरु तपाईंहरुले कहिल्यै नभन्नुस् कि मेरो महत्वपूर्ण समय पूरा भयो । आज राति हेरिरहेका मजस्तै देखिने सबै साना केटा र केटीहरूका लागि यो आशा र सम्भावनाको किरण हो ।’

प्रतिक्रिया