Bisal Chautari Logo

चलचित्र कलाकार संघको निर्वाचन : अध्यक्ष छोडेर महासचिवमा सविनको उम्मेदवारी

- २८ फाल्गुन २०७९, आईतवार १८:२४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ फागुन २८, आइतबार ।
नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा अभिनेता सविन श्रेष्ठले महासचिव पदमा उम्मेदवारी दिएक छन् । अध्यक्ष पदमा निकै लामो समयदेखी चर्चा भएपनि सविनले अन्तिममा महासचिव पदमा आफ्नो उम्मेरद्वारी दर्ता गराएका हुन् । नेपाल चलचित्र कलाकार संघको चुनाव यही चैत ४ गते हुदैछ ।

सविनले फेसबुकमा लेखेका छन् ‘

आगामी मिति २०७९/१२/०४ गते हुन गइरहेको नेपाल चलचित्र कलाकार संघको केन्द्रीय निर्वाचनमा मैले अध्यक्ष पदमा दावी गरी तयारी गरी रहेकोमा आदरणीय वरिष्ठ कलाकारहरू तथा साथीहरूको सल्लाह-सुझाव र आग्रह मुताविक अग्रजहरूको सम्मानका लागि मैले दावी गरेको अध्यक्ष पदको दावी छोडी हाल महासचिव पदमा उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको छु। सम्पूर्ण कलाकर्मीहरूको साथ सहयोग र समर्थन जुटाई मलाई महासचिव पदमा विजयी गराई दिनुहुन हार्दिक अपिल गर्दछु।

सविनसँगै उक्त पदमा अन्य चार जनाले पनि आफ्नो उम्मेरद्वारी घोषणा गरेका छन् । जसमा सविनसँगै सञ्जय खतिवडा, धर्मानन्द आचार्य, पनाह अधिकारी र उत्तम केसीबिच प्रतिस्पर्धा हुनेछ ।’ अध्यक्ष पदमा अभिनेत्री रेजिना उप्रेती र वरिष्ठ कलाकार मोहन निरौलाबिच प्रतिस्पर्धा हुँदैछ । सचिवमा रामेश्वर बुर्लाकोटी र जीवन थापाको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा विनोदकुमार भट्टराई र सुनिल कटुवालले उम्मेदवारी दिएका छन् भने सह–कोषाध्यक्षमा रोहित रुम्बा र पवित्रा आचार्यले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया