Bisal Chautari Logo

नारी दिवसको अवसरमा चलचित्र ‘जुलेबी’को पहिलो लुक सार्वजनिक

- २४ फाल्गुन २०७९, बुधबार १२:०३ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ फागुन २४, बुधवार ।
नारी दिवसको अवसर पारेर चलचित्र ‘जुबेली’को पहिलो लुक सार्वजनिक गरिएको छ । चलचित्रमा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापा मुख्य भूमिका रहेका छन् भने सुशील सिटौला , पुष्कर कार्की , तुफान थापा लगायतका कलाकारको अभिनय रहेको छ।

फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो चलचित्रमा चार नारी पात्रको कथा समेटिएको छ । चलचित्रलाई निर्देशक गणेश देव पाण्डेले निर्देशन गरेका हुन् । उनले यस अघि मन्चरी, गाजा बाँजा जस्ता सफल चलचित्र निर्देशन गरिसकेका छन् । एथोलजी विधामा रहेको यस चलचित्रमा नारी पात्रको सशक्त र अब्बल अभिनय रहेको छ । चलचित्रलाई आभा शर्मा नेपालले निर्माण गरेकी हुन् ।

प्रतिक्रिया