Bisal Chautari Logo

व्युटिपार्लर उद्घाटनमा अशिष्मा, कमला, साहिमा र सविना

- २८ जेष्ठ २०७१, बुधबार १८:५४ मा प्रकाशित


ashishma nakarmi and sahima shrestha Rashmilas facial house opening
विशाल चौतारी समाचार
काठमाडौं, २०७१ जेठ २९ विहिवार । पछिल्लो समय व्यास्त अभिनेत्रीहरुको भिडमा अभिनेत्री अशिष्मा नकर्मीलाई लिन सकिन्छ । उता सौन्दर्य कला व्यावसायी संघकी अध्यक्ष कमला श्रेष्ठ आफ्नो क्षेत्रमा अगाडी छन् । अनी गायिका साहिमा श्रेष्ठ पछिल्लो समय पाश्र्वगायनसंगै आफ्ना एल्बममा गीतहरु सार्वजनिक गरेर चर्चामा रहेकी छिन्, भने सविना कार्की निकै समय अगाडीदेखी नेपाली साङ्गीतिक क्षेत्रमा लागिरहेकी छिन् । यि चारै कलाकारहरुलाई हिजो  एक पार्लर उद्घाटनमा एकसाथ देखिएको छ ।ashishma nakarmi and sahima shrestha Rashmilas facial house opening (2)
सौन्दर्यकर्मी रश्मिला श्रेष्ठले काठमाण्डौ मलको चौँथो तल्लामा सञ्चालनमा ल्याएको रश्मिलाज् फेसियल हाउस एण्ड ब्यूटी केयर उद्घाटनमा यी चार कलाकारहरु उपस्थित रहेका थिए । व्युटिपार्लरको उद्घाटन अशिष्मा, कमला, साहिमा र सविनाले एकसाथ गरेका थिए ।ashishma nakarmi and sahima shrestha Rashmilas facial house opening (1)
अभिनेत्री अशिष्मा नकर्मी आफ्नो व्यास्त समयका बावजुत उपस्थित भएकी थिइन् । एक चलचित्रको वर्कशपमा रहेकी अशिष्माले चलचित्र ‘अन्तराल’बाट अनलाइन फिल्मीखबर अवार्डमा उत्कृष्ट नव–नायिकाको अवार्ड जितेकी थिइन् । हालसम्म आशिष्माले दर्जन चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

ad

प्रतिक्रिया