Bisal Chautari Logo

‘छक्कापञ्जा ४’को गीत ‘सिरुपाते जुँगामा’ दीपक र बेनिशाको झंगिएको प्रेम

- २३ फाल्गुन २०७९, मंगलवार १६:५३ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ फागुन २३, मंगलबार ।
गत शुक्रबारबाट रिलिज भएको फिल्म ‘छक्कापञ्जा ४’को चर्चित गीत ‘सिरुपाते जुँगामा’ सार्वजनिक भएको छ । हलमा प्रदर्शन भइरहेको चौथो दिनमा यो गीतलाई सार्वजनिक भएको हो ।

गीतमा दीपक र बेनिशा हमाल फिचर्ड छन् । शब्द, लय र संगीतको कारण पनि अहिले धेरै दर्शकको मुखमा यो गीत झुण्डिएको छ । बाबुल गिरीको स्वर तथा संगीतमा रहेको गीतलाई शंकर अधिकारी घायलले लेखेका हुन् ।

हेमराज बीसी निर्देशित छक्कापञ्जा ४ मा दीपक र बेनिशासहित दीपाश्री निरौला, निर्मल शर्मा, नीर शाह, बुद्धि तामाङ, केदार घिमिरेलगायतको मुख्य भूमिका छ । फिल्मले चार दिनमा ६ करोड रुपैयाँ हाराहारीमा कमाइ गरेको छ । फिल्मको अर्को गीत ‘दर्शन सलाम’ समेत चर्चित बनेको छ ।

प्रतिक्रिया