Bisal Chautari Logo

‘म फेरी पुरानै संघर्षशील दैनिकीमा फर्किएको छु’ – पल शाह

- २३ फाल्गुन २०७९, मंगलवार १६:३८ मा प्रकाशित


बिशाल राई
काठमाडौं, २०७९ फागुन २३, मंगलबार ।
अभिनेता पल शाहले आफ्नो घटनासँग जोडिएका सबैसँग सम्मान र सद्भाव रहेको बताएका छन् । फागु पूर्णिमा होलिको दिन पलले सामाजिक संञ्जाल फेसबुकमा १ वर्षपछि पहिलो चोटि आफ्नो फ्यानहरुका लागी सम्बोधन गर्दै उक्त घटनासँग सम्बन्धित व्यक्तिहरुलाई गाली गलौच नगर्न समेत पलले आग्रह छन् ।

परिवारि र नजिकका साथिहरुसँग होलि मनाएपछि परिवार सहितको फोटो सेयर गर्दै पलले लेखेका छन्,
नमस्कार सबैजनालाई 🙏
सिकाई जीवनभर अनवरत चलिरहने प्रक्रिया हो।
बितेको एक वर्षलाई मैले सिकाईको उर्बर समयको रुपमा लिएको छु। मनमा न कसैप्रति रिस बाँकी छ न त कुनै प्रतिशोधको भावना। छ त केबल आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षालाई पुरा गर्ने एउटै लक्ष्य।
साथै मेरो बितेको एक बर्षको त्यो घटनासंग जोडीएका सम्पूर्ण ब्यक्तित्वहरुमा मेरो सदा सम्मान र सद्भाभ।
र यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो त्यसैले मेरो अनुरोध, कसैलाई गाली गलौच र नराम्रो ब्यबहार नगरीदीनुहोला। उहाँहरुसंग फेरी सहकार्य गर्ने वातावरण मिलोस । त्यसैले सम्मानित अदालतको निर्णयलाई सम्मान गर्दै म फेरी पुरानै संघर्षशील दैनिकीमा फर्किएको छु। मेरो स्वागतमा परिवार, आफन्त, साथीभाइ मात्र होइन हजारौं दर्शकको भिड देख्दा म मात्तिएको छैन। बरु यो शुभेच्छाले मलाई थप जिम्मेवार बनाएको छ।त्यसैले सम्पूर्ण भगवान रुपी प्रिय शुभेच्छुकहरुलाई मनदेखि आभार प्रकट गर्दछु। 🙏
रङ्गिन र सुखमय होस जीवन!
होलीको शुभकामना सम्पुर्णमा !❤️

पल शाह तनहुँ कारागारबाट गत साता रिहा भएका हुन् । पल अहिले परिवारसँग समय बिताइरहेका छन् ।

प्रतिक्रिया