Bisal Chautari Logo

‘पुन्टे परेड’को ट्रेलर सार्वजनिक

- २८ जेष्ठ २०७१, बुधबार १५:५० मा प्रकाशित


PUNTE PARADE New Nepali Movie Trailer 
विशाल चौतारी समाचार
काठमाडौं, २०७१ जेठ २८ बुधबार । कमेडी प्रधान चलचित्र भनिएको ‘पुन्टे परेड’को आज ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।PUNTE PARADE New Nepali Movie Trailer
ट्रेलर लन्च समारोहमा बोल्दै अभिनेता संयम पुरीले आफ्नो आफ्नो चलचित्र सायद पछिको दोस्रो सिनेमा भएकोले गर्दा आफु निकै आशाबादी रहेको बताए । चलचित्र सायद पश्चात धेरै चलचित्रहरुमा खेल्ने अफर आएपनि आफुलाई सुहाउने किसिमको स्कृप्ट अनी टिम नपाएकाले चलचित्रमा काम नगरेको अभिनेता सम्यमले बताए । भने–‘चलचित्र पुन्टे परेडमा टिनेजर्सको भूमिकामा देखिएको छु । र यसमा युवाहरुको मनमा उत्पन्न हुने हाम्रै समाजका युवाहरुको रोल गरेको छु’, अभिनेता संयमले बताए ।Samyam Puri and  Anjila Dahal
चलचित्रमा छोटो भुमिका भयपनि आफु यस चलचित्रमा रोचक भूमिकामा प्रस्तुत भएको अभिनेत्री प्रियंका कार्कीले बताइन् । उता चलचित्रका निर्देशक सुबास कोइरालाले यस चलचित्रमा पछिल्ला पुस्ताका युवाको भावनालाई विषेश किसिमले प्रस्तुत गर्न खोजेको बताए । चलचित्र यहि श्रावन २ गते बाट प्रदर्शन हुदैछ ।
चलचित्र पुन्टे परेडमा अभिनेता संयमका साथमा एन्जिला दाहाल, निलु डोमा शेर्पा, रबिन्द्र खड्का, गीता अधिकारि, नाजिर हुसेन, सरोज श्रेष्ठ, स्वेता थापा, र बिशेष भूमिकामा अभिनेत्री प्रियंकाको अभिनय रहेको छ । साहन मुभी मेकर्स र आइडियाज एण्ड इमेजेज प्रा.लि.को ब्यानरमा तयार भएको चलचित्रलाई सुरज कोइराला र अनिल अधिकारिले निर्माण गरेका हुन् । चलचित्रलाई सुवास कोइरालाले निर्देशन गरेका छन्, भने कथा,पटकथा र संवाद्ध शान बस्न्यातको रहेको छ । चलचित्रमा संगीत ताराप्रकास लिम्बु र टेक नन्द लामाले दिएका छन् भने छायाँकार बाबु श्रेष्ठ रहेका छन् ।

ट्रेलर हेर्नका लागी यहाँ क्लिक गर्नुहोस् ।

Film -Punte Parade
Cast. Samyam Puri , Anjila Dahal,Nilu Dolma Shrepa, Najir Husan 
special appearance: Priyanka Karki 
Director – Subash Koirala
Editor: Ujjwal Dhakal 
Cinematographer :Babu Shrestha
Music:Tara Prakash Limbu,Tek Nanda Lama
Sound Designer : Uttam Neupani
Producer – Hari Mahat / Suraj Koirala / Hari Adhikari
Co-Producer: Santosh Rumba,Jay Ram Pariyar, Raj Kumar Patel
Concept _ Nilu Doma Sherpa
Written by Shan Basnyat
Publicity Designer: Ananda K. Maharjan
production co-ordinator: Subash Raj Kafle
Distributo: Darshana Arts
ad

प्रतिक्रिया