Bisal Chautari Logo

अभिनेता पल शाह तनहु कारागारबाट रिहाई भएपछि भने– ‘सबैलाई धन्यवाद’

- १५ फाल्गुन २०७९, सोमबार १२:५३ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ फागुन १५, सोमबार ।
अभिनेता पल शाह आज तनहु कारागारबाट रिहाई भएसकेका छन् । तनहु कारागार अगाडी आफन्त, नजिकका साथिभाई, समर्थक तथा मिडियाकर्मीहरुको बाक्लो भिड जम्मा भएको थियो । उनका समर्थकहरुले भब्य स्वागत गरेका थिए ।

अभिनेताले कष्टकर समयमा पनि आफूलाई साथ दिने सबैलाई धन्यवाद दिएका छन् । कारागारबाट रिहा हुँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै उनले भने, ‘अहिलेलाई यति मात्र भन्न चाहन्छु सबैलाई धन्यवाद ।’ परिवारका सदस्यबाट घेरिएका उनी छोटो कपाल र कालो ज्याकेटमा प्रफुल्ल देखिएका थिए । कारागार बाहिर उभिएका फ्यानलाई हेरेर अभिवादन गरेका उनी खुसी देखिन्थे । उनलाई बहिनी रोशनीले गाडीसम्म आइपुग्न साथ दिएकी थिइन् । दुभोको माला, फुलमाला, खादा र रंगहरुले रंगिएका पल आफ्नी बहिनिसंगै बाहिर निस्किएका छन् । पल शाहका नजिकका साथी केन्द्र मोसनका अर्बिन पामो लिम्बुका अनुसार अब सिधै पोखराबाट काठमाडौँ आउने तयारी रहेको छ । उच्च अदालत पोखराले बाल यौन दुरुपयोगको मुद्दामा हिजो मात्र सफाइ दिएको थियो ।

प्रतिक्रिया