Bisal Chautari Logo

साकिरापछि यस वल्र्डकपमा पिटबल, जेनिफर लोपेज र क्याउडिया लिटेले गाउने (भिडियोसहित)

- २८ जेष्ठ २०७१, बुधबार ०८:५८ मा प्रकाशित


Pitbull feat. Jennifer Lopez & Claudia Leitte performing We Are One (Ole Ola) [The Official 2014 FIFA World Cup Song
एजेन्सीको सहयोगमा
काठमाडौं, २०७१ जेठ २८ बुधबार । सन् २०१० को वल्डकपमा गायिका साकिराले ‘वाका वाका दिस टाइम फर अफ्रिका’ गाएर विश्वीख्यात गायिकाको रुपमा परिचित भइन् । क्यानडेली गायिका साकिराले दक्षिण अफ्रिकाको जोहानेसबर्गस्थित सकर सिटीमा भएको १९औँ विश्वकप उद्घाटन र समापन समारोहमा साकिराको रोमाञ्चक प्रस्तुतिले विश्वको ध्यान खिचेको थियो, भने खेल एवं संगीतप्रेमीले अझै भुल्न सकेका छैनन् ।pitbull-feat-jennifer-lopez-claudia-leitte-we-are-one-ole-ola-the-official-2014-fifa-world-cup-song
यस्तै क्रममा चार वर्षपछी विश्वको ध्यान खिच्न साकिरापछि यस वल्र्डकपमा पिटबल, जेनिफर लोपेज र क्याउडिया लिटेल तयार भएका छन् । वल्डकप एउटामात्रै यस्तो उत्सव हो जसले संसारको ध्यान खिच्नसक्ने सामथ्र्य राख्छ,त्यो हो फुटबल । खेलाडीप्रेमीमात्र होइन कलाकार, व्यवसायी, विद्यार्थी, राजनीतिज्ञदेखि किसानसम्मलाई वल्डकपको ज्वरोले छाड्दैन । यसपटकको विल्डकपको ओपनिङमा साकिरापछि यस वल्र्डकपमा पिटबल, जेनिफर लोपेज र क्याउडिया लिटेले गाएको ‘वी आर वान’ बोलको गीत वल्डकपको ‘अफिसियल एन्थम’को रुपमा तयार भएको हो ।
साकिराको ‘वाका वाका’को उचाइमा पुग्ने नपुग्ने त्यो समयले तय गर्नेछ, तर ‘वाका वाका’ सार्वजनिक भएपछि जुन रफ्तारमा विश्वभर फ्यान बढेको थियो त्यो रफ्तार चुम्न ‘वी आर वान’लाई गाह्रो देखिएको छ । विश्वकपसँग जोडिएका दर्जनौं गीतको भिडमा साकिराको ‘वाका वाका’ अहिलेसम्मकै नम्बर एकमा छ ।
मे १६ तारिकको दिन रिलिज भएको पिटबल, जेनिफर लोपेज र क्याउडिया लिटेले गाएको ‘वी आर वान’ बोलको गीत आज जुन ११ तारिकको दिन सम्ममा ७ करोड भन्दा बढि (७४,२७१,८३६)ले हेरीसकेका छन् । उता साकिराले यसै वर्ष वल्डकपकै लागी भनेर सार्वजनिक गरेको गीत ‘लालाला’ भने ९ करोड भन्दा बढि(९८,३१८,९२८)ले हेरीसकेका छन् । गायिका साकिराको यो गीत वल्डकपको अफिसिय गीत भन्दा ६ दिनपछी रिलिज गरिएको थियो । गायिका साकिराले गाएको सन् २०१० को वल्डकपको अफिसियल गीत अहिले सम्म ६७ करोड (६७८,५६१,५६४) भन्दा बढिले हेरीसकेका छन् ।

सबै गीतहरु कति संख्याले हेरेका छन्, हेर्नका लागी माथिका संख्यामा क्लिक गर्नुहोला ।

ad

प्रतिक्रिया