Bisal Chautari Logo

‘छक्कापञ्जा ४’ ट्रेलर : सुधारगृहदेखि सिंहदरबारसम्मको राजनीतिक यात्राको कथा

- ५ फाल्गुन २०७९, शुक्रबार २०:२५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ फागुन ५, शुक्रबार ।
यस वर्षको प्रतीक्षित फिल्म ‘छक्कापञ्जा ४’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट २० सेकेण्ड लामो ट्रेलरले समसामयिक राजनीतिको प्रवृत्तिलाई झल्काएको छ ।

हेमराज बीसी निर्देशित फिल्ममा राजा पात्रको भूमिका दीपकराज गिरीले गरेका छन् । राजा नामक शीर्ष पात्रले चारखाल सुधारगृहदेखि सिंहदरबार सम्म गरेको राजनीतिक यात्राको कथा भनेको छ ट्रेलरमा । अभिनेत्री बेनिशा हमाल पत्रकारको भूमिकामा प्रस्तुत छिन् । दीपाश्री निरौलालाई राजाकी पत्नी (दीपकराज) को भूमिकामा प्रस्तुत गरिएको छ ।

फिल्ममा केदार घिमिरे (माग्ने बुढा) बुद्धि तामाङ (हैट) को भूमिका रोचक छ । नीर शाह, अनुरागमान सिंह कुँवर, निर्मल शर्मा, मलिना जोशी, राज आचार्य पनि फिल्ममा महत्वपूर्ण भूमिकामा छन् । फिल्म फागुन १९ गते प्रदर्शनको तयारीमा छ । आमा सरस्वती मुभिज र आईएमईको ब्यानरमा फिल्म निर्माण भएको हो । तीन वटा श्रृंखलाले नेपाली चलचित्र क्षेत्रमा धेरै रेकर्डहरु, संगै ब्लकबस्टर हुदा अब चौथो श्रृंखलाले कस्तो ब्यापार गर्ला भन्ने फिल्म वृत्तमा चर्चा रहेको छ ।

प्रतिक्रिया