Bisal Chautari Logo

दयाहाङ र मिरुनाको ‘जारी’ टिजरको ‘पालाम’ चर्चामा

- ४ फाल्गुन २०७९, बिहीबार १४:२९ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ फागुन ४, बिहिबार ।
अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर स्टार चलचित्र ‘जारी’ को टीजर सार्वजनिक भएसंगै चर्चापनि सुरु भएको छ । नयाँ बर्षको अवसर पारेर बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘जारी’ को टीजर सार्वजनिक भएको २ दिन नपुग्दै ५ लाख बढी दर्शकले युट्युव मार्फत हेरिसकेका छन् ।

‘कबड्डी’ समुहले निर्माण गरेको चलचित्रको सार्वजनिक टिजरमा लिम्बु समुदायको परम्परा, संस्कृति, भेषभूषालाई प्रस्तुत गरिएको छ । एक लिम्बू दम्पतिको कथालाई लिम्बू समुदायमा गाइने ‘पालाम’ लाई कथावाचनको रुपमा प्रस्तुत गरिएको छ । सार्वजनिक टिजरमा दयाहाङ र मिरुनालाई दम्पतीको रुपमा प्रस्तुत गरिएको छ ।

टिजरमा दयाहाङ र मिरुनाको प्रेम र झगडालाई प्रस्तुत गरिएको छ । टिजरमा रेखा लिम्बु र रोयदीप श्रेष्ठलाई समेत प्रस्तुत गरिएको छ । टिजरको मुख्य आकर्षण यहा प्रस्तुत गरिएको ‘पालाम’ हो ।
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्रलाई रामबाबु गुरुङ्गले निर्माण गरेका छन् । जारी प्रथालाई मुख्य कथा बनाएर निर्माण गरिएको चलचित्रमा विजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया