Bisal Chautari Logo

जुँगाको लडाई बन्द गरौँ की ?

- २७ जेष्ठ २०७१, मंगलवार १४:५१ मा प्रकाशित


bhim rai
                                                भिम राई

bhim rai
संविधान शभाको निर्वाचन भएको छ महिना बितिसक्दा समेत २६ सभासदको टुङगाो लगाउन दलहरुले सकेका छैनन् । नेताहरुको मुखबाट प्रत्येक शब्दमा आउने गरेको संक्रमणकालिन राजनितिक अवस्थाका कारण २६ जना सभासदको मनोनयन गर्न सकिएको छैन ।
मुलकले निर्धारित समयमानै संविधान पाउन आफै सभा पुरक छैन भने संविधान निर्माणको प्रकृयाको नगन्य शुरुवाती मात्र भएको छ । संविधान शभा भित्र केही उपसमिती निर्माण गर्ने र कार्यतालिका बनाउने काम बाहेक कुनै ठोस र परिणाम मुखी काम वर्तमान सरकारले गर्न सकेको छैन । निर्वाचनबाट सबै भन्दा धेरै सिट सख्या जित्न सफल दुईवटा दल तथा अन्य कम सिट सख्या जित्ने दलहरुको मिलिभगतमा बनेको वर्तमान सरकारको चुनौतिको रुपमा रहेको संविधान निर्माणको सवालमा शुसिल कोईराला नेतृत्वको सरकार प्राय असफल हुन लागेको अनुभति सर्वसाधरणमा हुन थालेको छ ।
समयमा संविधान दिने प्रतिवद्धता जनाएका दलहरु आन्तिरिक पार्टी किचोलाम अल्झिरहेका छन । सरकार निर्माणको कुरामा निकै समयको उल्झन तोड्दै सरकार गठन गरेको सय दिन वितााउदा समेत उल्लेख्यनिय काम नगरेको आरोप खेपिरहेका नेपाली कााग्रेस भित्र प्रधानमन्त्रि शुसिल कोईरालालाई एक्ल्याउने खेल शुरु भएको छ । सत्ता संचालनको साझेदार दल एमाले भित्र समेत सरकारले परिणाममुखी काम गर्न नसकेको व्यापक आलोचना आएको छ ।
एमालेका उपाध्याक्ष तथा उप प्रधानमन्त्रि तथा गृहमन्त्रि बामदेव गौतमले पार्टीको बैठकमा आफुभन्दा राम्रो पात्र भए आफु सरकारबाट फिर्ता हुन सक्ने बताएका छन् । संविधान शभाको काम भन्दा पनि राजनितिक दलहरु पार्टी भित्रको आन्तरिक संघर्षमा अलमलिएका छ्न । पार्टीहरु भित्र निति सिद्धान्तको छलफल भन्दा पनि जुागाको लडाईले तिब्रता पाएको कारण बेलामा संविधान आउने कुरामा आम नागरिक भने शशंकित रहेकाछन् । संघर्षको चर्को नमुना बनेको छ एमालेको महाअधिबेशन । एउटा पार्टी भित्र अलग अलग गुट तथा उपगुटको भेला बैठक गर्दै अलमलिएर संविधान निर्माणको काम ओझेलमा पार्न खोजिएको राजनितिक विष्लेषकहरुको आरोप छ । कांग्रेसमा उप सभापति रहेका रामचन्द्र पौडेल प्रधानमन्त्रिको खुलेआम विरोधमा जमेर लागेका छन् ।
लोकतान्त्रिक पद्धतीमा जिम्मेवार प्रतिपक्षको भुमिका पाएको एमाओवादी भित्र समेत संस्थापन पक्षका पुष्पकमल दाहाल र बाबुराम भट्टराई पक्ष बिच भएको अन्तरद्धन्द्धका कारण मुख्य मुद्धा ओझेलमा परेको छ । यस्तो बेला गुट उपगुटको नेता तथा आफ्ना आसेपासेहरुको लोक प्रिय बन्ने दाउमा लागेर नेताहरुले समय बर्बाद नगरेकै राम्रो हुने हो तर त्यो हुन नसक्दा सर्वसाधरण मतदाताहर निराशहुने अवस्था आउन सक्दछ । अब जुँगाको लडाई होईन नेताहरुले मुलुकलाई सहि निकास दिन प्रतिवद्ध भएर राजनेताहुने प्रयास गर्नु आदरणीय नेताहरुको परमकर्तव्य हो की ?

ad

प्रतिक्रिया