Bisal Chautari Logo

क्षेत्रीय समिती खारेजी हुने भएपछि युवा नेता भुपेन्द्रले आमरण अनशन तोडे

- २७ जेष्ठ २०७१, मंगलवार १३:४७ मा प्रकाशित


bhupendra rai
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, जेठ, २७ मंलवार । पार्टीको विधान बिपरित  क्षेत्र नम्बर २ को क्षेत्रीय समिति गठन गरिएको भन्दै गत आईतबार २५ गते बिहान ७ बजेदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा खोटाङ युवा नेता भुपेन्द्र राईले थालेको आमरण अनसन आज तोडिएको छ । क्षेत्रीय समिति खारेजीको मागलाई पार्टिले सुनुवाई गरेपछि नेपाली कांग्रेस खोटाङका युवा नेता भूपेन्द्र राईले आमरण अनसन तोडेका हुन् ।bhupendra rai
नेपाली कांग्रेसका संगठन विभाग प्रमुख आनन्द ढुङ्गानाले युवा नेता भुपेन्द्र राईलाई रियल जुस खुवाएर आमरण अनसन तोडाएका थिए । सम्झौता अनुसार यहि असार मसान्त भित्रमा क्षेत्रीय अधिवेशन गर्ने भएको छ ।
पुर्व वन राज्यमन्त्री शिबकुमार बस्नेतको नेतृत्वमा जिल्ला सदस्य पञ्चुकुमार राई, शरणकुमार राई, पार्टीका पुर्वउपसभापति राजन दाहाल, क्षेत्रीय सदस्य कर्णबहादुर राउत, खोटाङबजार गाबिसका पुर्वगाबिस अध्यक्ष कमलप्रसाद फुयााल, क्षेत्रीय प्रतिनिधि कबिराज राई लगायतका कांग्रेस नेताहरुले रिले अनसन थालेका थिए । त्यस्तै रिले अनसनमा जिल्ला कार्य समितीका प्रतिनिधीहरु, क्षेत्रीय कार्यसमितीका सचिवहरु खोटाङ गाविसबाट आएका सचिवहरु लगायत बसेका थिए ।

सम्बन्धि समाचार पढ्नको लागी यहाँ क्लिक गर्नुहोस् ।

ad

प्रतिक्रिया