Bisal Chautari Logo

छायांकनमा जाँदै ‘अखडा’, खलपात्र योगेश्वर

- २७ जेष्ठ २०७१, मंगलवार १२:४५ मा प्रकाशित


Akhada nepali movie
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, जेठ २७ मंलवार । एक्सन र लभस्टोरी दुवैलाई समेटेर निर्माण हुन लागेको चलचित्र ‘अखडा’ आगामी जेठ २९ गतेबाट सुटिङका लागि फ्लोरमा जाने भएको छ । इञ्जोय मुभिजको व्यानरमा आशिककुमार ठाकुरले निर्माण गर्न लागेको चलचित्रमा पप गायक योगेश्वर अमात्यलाई खलनायकको भूमिकामा देखिने भएका छन् । यो व्यानरले यसअघि निर्माण गरेको फिल्म ‘आइ ह्याभ ए रिजन टु डाई’ प्रदर्शनको तयारीमा छ ।Akhada nepali movie
राजु महर्जन कार्यकारी निर्माता रहेको चलचित्रको निर्देशन विभु श्रेष्ठ र सुवास जिसीले संयुक्त रुपमा गर्न लागेका हुन् । ‘यो चलचित्र विछुट्टै नया र नौलो कथा तथा अन्य चलचित्र भन्दा उत्कृष्ठ बन्छ भन्ने छैन्, चलचित्रबारे जानकारी दिन मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक जिसीले भने,‘तर पनि चलचित्रमा दर्शकले केही फरक स्वाद भने अवश्य पाउनेछन् ।’
चलचित्रमा योगेश्वरबाहेक धिरेन शाक्य, नन्दिता केसी, पत्रकार श्रीकृष्ण न्यौपाने, अनुप स्थापित, उदय अधिकारीलगायतको अभिनय रहेको छ । दयाराम कार्की र निलकुमार श्रेष्ठ सहनिर्माता रहेको चलचित्रमा सोनाम लामाको द्वन्द्व, सन्तोष प्रगाढको संगीत, शंकर अधिकारी ‘घायल’को गीत, सुरेन्द्र भण्डारीको नृत्य, विभु श्रेष्ठको कथा/संवाद, सुवास जिसीको पटकथा र राहुल राईको छायांकन रहेको छ । चलचित्र आगामी फुलपातीको दिन रिलिज हुनेछ ।

ad

प्रतिक्रिया