Bisal Chautari Logo

नयाँ बर्ष बैशाख १ मा ‘बुलाकी’

- २३ माघ २०७९, सोमबार १३:१३ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ माघ २३, सोमबार ।
नारी प्रधान कथानक फिल्म ‘बुलाकी’ नयाँ बर्ष अर्थात् ०८० बैशाख १ गते प्रदर्शन हुने भएको छ । लक्ष्मण सुनार निर्देशीत फिल्मका निर्माता टोपेन्द्र विष्टले सामाजीक संजालमार्फत आफ्नो फिल्मको नयाँ पोस्टरसहित प्रदर्शन मिति सार्वजनीक गरेका हुन् ।

‘फस्र्टलुक’ का कारण चर्चामा रहदै आएको फिल्ममा नरेन खड्का,सुरक्षा पन्त र बिराज बिष्टका साथमा रमेश बुढाथोकी,प्रकाश कँडेल,कुलदीप अधिकारी,सुशील पोखरेल,लक्ष्मी गिरी,सोनु सेढाइ,्सरस्वती खत्रीले अभिनय गरेका छन् । कर्णाली भेगको जनजीवन तथा जारी प्रथाको बिषयमा केन्द्रित फिल्म शिब ढकालले खिचेका हुन् ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व.मोति बिष्टको प्रस्तुति रहेको फिल्मको बितरण उपत्यकामा सुनीलकुमार थापाको कम्पनी त्रिनेत्रमले गर्दैछ भने मोफसलको बितरक एफडी हो । अर्जुन जिसीले सम्पादन गरेको फिल्मको स्क्रिप्ट निर्देशक स्वयम्,अभिनेता बिराज, राजबहादुर साने र निर्मल पौडेलले तयार गरेका हुन् ।

म्युजीक डटकमले डिजिटल राइट खरिद गरेको फिल्म डोल्पा,जाजारकोट र रुकुम पश्चिमका बिकट स्थानहरुमा खिचिएको हो । प्रचारप्रशारलाई तीव्रता दिदै निर्माण युनीटले ‘बुलाकी’ को टिजर यही माघ २७ गते सार्वजनीक गर्दैछ ।

प्रतिक्रिया