Bisal Chautari Logo

मितज्यु राजेशपायलसंग मनाए महा–अभिनेताले ५० औँ जन्मदिन (फोटो फिचर सहित)

- २७ जेष्ठ २०७१, मंगलवार १२:०३ मा प्रकाशित


Rajesh Hamal birthday celebration in 50 years, Australia with rajesh payal rai
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, जेठ २७ मंलवार । नेपाली चलचित्र क्षेत्रका महाअभिनेता राजेश हमालले आफ्नो ५० औं जन्मदिन मितज्यु, नेपाली आुधनिक तथा पाश्र्व गायनका नम्बर एक गायक राजेश पायल राईसंग मनाएका छन् । सिड्नीको हस्र्टभिलस्थित मराना अडिटोरियममा खचाखच भरिएका दर्शकहरुमाझ हमालले अस्ट्रेलियामा गायक राईको साथमा जन्मदिन मनाएका थिए ।

[gss ids=”3951,3952,3953,3954,3955,3956,3957,3950″]

महाअभिनेताले आफ्नो जन्मदिन मनाउने क्रममा आफुले अस्ट्रेलिया पाएको माया र सम्मान जीवनकै अविस्मरणीय क्षण हुने बताए । अभिनेता हमालले केक काट्ने बेला निकै भावुक भएका थिए । उनका गह भरी खुसिका आसुहरु टिलपिल गरिरहेका थिए । मितज्यु गायक राजेशपायलले ‘हयाप्पी बर्थडे टु यु’ गाउँदा अन्य सहभागी दर्शकहरुले साथ दिएका थिए । जन्मदिनको अवसरमा आफुद्धारा लिखित कविता वाचन गर्दै अभिनेता हमाल मञ्चमा उत्रदा उपस्थित दर्शकहरुले उठेर स्वागत गरेका थिए ।
कार्यक्रममा अमेरीका सहित वल्ड टुरमा निस्किएका गायक राजेशपायल राईले एक दर्जन भन्दा बढि गीतहरु गाएका थिए । उता गायिका अञ्जु पन्तलेपनि आफ्ना चर्चित गीत गाएकी थिइन् । सोही अवसरमा अभिनेता हमालले आफ्ना चलचित्रका चर्चित डाइलगहरुपनि सुनाएका थिए, भने केही गीतहरुमा नृत्य समेत प्रस्तुत गरेका थिए । उनलाई नृत्य गर्न स्थानीय कलाकार न्यान्सी पुनले साथ दिएकी थिइन् ।  तस्बिरहरु : राज शर्मा –  Shree C Shrestha

ad

प्रतिक्रिया