Bisal Chautari Logo

फ्राइडे रिलिज : आजबाट ‘ह्यारीकी प्यारी’ देशव्यापी

- २० माघ २०७९, शुक्रबार १३:०३ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ माघ २०, शुक्रबार ।
आज (शुक्रबार) देखि नेपाली फिल्म ‘ह्यारीकी प्यारी’ देशव्यापी रिलिज भएको छ । साम्राज्ञी राज्य लक्ष्मि शाह, जितु नेपाल र विजय बरालको प्रमुख भूमिका रहेको फिल्म ‘ह्यारीकी प्यारी’लाई नव निर्देशक डा. कपिल रिजालले निर्देशन गरेका हुन् । लामो समयपछि भोला रिजालको फिल्म निर्माण कम्पनी बीआर प्रोडक्सन यो प्रोजेक्ट मार्फत कमब्याक भएको छ ।

‘ह्यारीकी प्यारी’ फिल्मले दुई अलग पृष्ठभूमि र भूगोलका प्रमुख पात्रहरु कसरी एकापसमा भेट्छन् र प्रेममा पर्छन् भन्ने फिल्ममा देखाउन खोजिएको छ । कमेडी, ड्रामा र रोमान्स जनरामा राखिएको फिल्म २ घण्टा १६ मिनेट लामो रहेको छ ।

प्रतिक्रिया