Bisal Chautari Logo

साम्राज्ञी र जितुको ‘ह्यारी कि प्यारी’ले प्रिमियरमा तारिफ पायो

- १८ माघ २०७९, बुधबार १६:२२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ माघ १८, बुधबार ।
यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको डा. भोला रिजालका छोरा डा. कपिल रिजालको डेब्यू निर्देशित फिल्म ‘ह्यारी कि प्यारी’ले प्रिमियरमा तारिफ कमाएको छ । मंगलबार साँझ बिग मुभिजमा आयोजना गरिएको तामझामपूर्ण प्रिमियरमा उपस्थिति भएका सेलिव्रेटिहरुले कलाकारको अभिनय, निर्देशन, कथावस्तु र छायांकनको प्रशंसा गरे ।

कलाकार मदनकृष्ण श्रेष्ठले आफूले सोचेको भन्दा राम्रो फिल्म बनेको प्रतिक्रिया दिए । त्यस्तै कलाकार सन्तोष पन्त पनि जितुको अभिनयको प्रशंसा गरेर थाकेनन् । संगै साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनयको पनि तारिफ गरे पन्तले । दीपाश्री निरौलाले एकदमै फिल्म राम्रो बनेको बताउँदै जितुले एकपटक फेरि आफूलाई अभिनयमा प्रमाणित गरेको बताइन् ।

त्यस्तै कलाकार केदार घिमिरेले फिल्म साँचिक्कै राम्रो बनेको प्रतिक्रिया दिए । कलाकार तथा निर्माता दीपकराज गिरीले जितु जहाँ भए पनि आफूहरुको शुभेक्षा रहिरहने बताए । निर्माता तथा निर्देशक आकाश अधिकारीले धेरैपछि मनछुने लभस्टोरी हेर्न पाएकोमा खुसी व्यक्त गर्दै फिल्म पृथक बनेको बताए । प्रिमियरमा अतिथीहरुबाट प्राप्त सकारात्मक प्रतिक्रियाले उत्साहित भएका नव निर्देशक रिजाल दर्शकलाई पनि फिल्म मनपर्नेमा विश्वस्त भए ।

प्रतिक्रिया