Bisal Chautari Logo

टुडिखेलमा ५० हजार दर्शकमाझ ‘मंगोलियन हर्ट ब्याण्ड’को धमाकेदार प्रस्तुती

- ८ माघ २०७९, आईतवार २२:२४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ माघ ८, आइतबार ।
नेपालको सदाबहार ब्याण्ड मध्येका एक मंगोलियन हर्ट ब्याण्डले ५० हजार दर्शकमाझ आफ्नो धमाकेदार प्रस्तुती दिएको छ । सोनम ल्होसारको अवसरमा गत शनिबार टुडिखेलमा माघ ७ गतेका दिन ४० – ५० हजार दर्शकमाझ वरिष्ठ गायक राजु लामा र उनको ब्याण्ड मंगोलियन हर्टले धमाका पिटेका थिए ।

द भ्वाईस अफ नेपाल सिजन ४का कोच समेत रहेका राजु लामाको प्रस्तुतीमा झुम्न आतुर रहेका दर्शकहरु माज्जाले झुमे । राजु आफ्ना ब्याण्ड मेम्बरसंगै स्टेज उक्लेर प्रस्तुती दिन थालेपछि माघको जाडोको माहोल पनि गर्मीहल्यो । राजुले आफ्ना हिट नम्बर गीतहरु दर्शकको वान्स्मोरका साथ गाएका थिए ।

तस्बिरहरु : नमस्ते नेपाल म्युजिक

प्रतिक्रिया