Bisal Chautari Logo

प्राध्यापकले भ्रष्टाचार गरेपछि विद्यालयमा तालाबन्दी

- २६ जेष्ठ २०७१, सोमबार ०५:१७ मा प्रकाशित


siraha news – nepali school
विशाल चौतारी सम्वाददाता
सिराहा ,२०७१ जेठ २६आइतबार । सिराहाको लहानस्थित प्राथामिक विद्यालयका प्रधानाध्यापकले आर्थिक अनियमितता गरेको भन्दै अभिभावकहरुले विद्यालयमा तालाबन्दि गरेका छन् ।जिल्ला शिक्षा कार्यालयको भौतिक पूर्वाधार शीर्षकमा आएको आठ लाख र जनश्रमदानअन्तर्गत विद्यालयको खाताबाट दिइएको एक लाखसहित नौ लाखमा तीन महिनाअघि मात्र निर्माण सकिएको पर्खाल कमसल बनाएको भन्दै व्यापक आर्थिक अनियमितता भएको उनिहरले आरोप लगाएका छन ।
प्रधानध्यापकले नै भ्रष्टचार तथा आर्थिक अनियमितता गरेकाले आईतबार बिहान स्थानीय अभिभावकहरूले विद्यालयको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका जनाएका छन् ।
स्थानीय केदारबहादुर मल्ललगायतका अभिभावकहरुले विद्यालयका प्रअ करुणप्रसाद यादवले पछिल्लो तीन वर्षदेखि विद्यालय व्यवस्थापन समिति गठन गर्न आलटाल गर्दै विद्यालयको विभिन्न स्रोतको रकम भ्रष्टाचार गरेकाले छानबिनको माग गरेका हुन् ।
विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष मसिलाल चौधरीले विद्यालय परिसरभित्र पर्ने करिब चार बिघा क्षेत्रफलको पोखरीमा पर्खाल हाल्न जिल्ला शिक्षा कार्यालयबाट आएको चार लाखको विषयमा प्रअ यादवले अभिभावकहरूलाई जानकारीनै नदिएको बताए ।
त्यस्तै, विद्यालयको दक्षिण पूर्वतिर जिल्ला शिक्षा कार्यालयको भौतिक पूर्वाधार शीर्षकमा आएको आठ लाख र जनश्रमदानअन्तर्गत विद्यालयको खाताबाट दिइएको एक लाखसहित नौ लाखमा तीन महिनाअघि मात्र निर्माण सकिएको पर्खाल कमसल बनाएपछि हुरीले जगैबाट भत्काएको स्थानीय अभिभावक बताउँछन् । मिलेमतोमा पैसा खाएर कमसल पर्खाल बनाएकाले हुरीलेनै पर्खाल लडाएको उनिहरुको आरोप छ ।

ad

प्रतिक्रिया