Bisal Chautari Logo

दयाहाङले अनटाइटल फिल्म साइन गरे || दीपकले निर्देशन गर्ने

- २६ पुष २०७९, मंगलवार २३:३१ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ पौष २६, मंगलबार ।
निर्देशक दीपक श्रेष्ठले नयाँ फिल्मको निर्देशन गर्ने भएका छन् । केबल तामाङ्गको प्रस्तुतिमा तयार हुने फिल्ममा कोमल गुरुङको लगानी रहनेछ ।

यो फिल्ममा दीपक श्रेष्ठको कथा तथा निर्देशन रहने पक्का भएको हो । सुरज आचार्य हेड अफ प्रोडक्शन रहने फिल्ममा सौरभ लामाको छायांकन रहने पक्का भएको छ । यो फिल्मको मुख्य भूमिकामा नायक दयाहाङ राई फाइनल भएका छन् । निर्माणपक्ष र दयाबिच आज यो फिल्मका लागि संझौता भएको हो ।

फिल्मका लागि एक नायक र एक नायिका केही दिनमा फाइनल गरिने निर्माणपक्षले बताएको छ । फिल्मको बारेमा निर्देशक श्रेष्ठले भने–‘यो फिल्मलाई हामी लभस्टोरी र कमेडी कथामा निर्माण गर्दैछौ । फिल्मको छायांकन सिक्किम र इलाममा हुनेछ ।’ माघको २० गतेबाट फिल्मको छायांकन गरिने प्रस्तुतकर्ता केबल तामाङ्गले बताए ।

प्रोमिस इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा तपश्री प्रोडक्शनको सहकार्य रहनेछ । फिल्मले नेपाल र सिक्किमको पर्यटन प्रबद्र्धनमा टेवा पुर्याउने विश्वास निर्माणपक्षले लिएको छ । प्रस्तुतकर्ता तामाङ्गले भने–‘पर्यटनका लागि सिनेमा’ भन्ने मुल नारा बोकेर हामी यो फिल्म निर्माण गर्र्दछौं ।’

प्रतिक्रिया