Bisal Chautari Logo

निर्देशक एभरेष्ट सूर्य बोहरा पुनः बिबाह बन्धनमा बाँधिए

- २६ पुष २०७९, मंगलवार २३:१४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ पौष २६, मंगलबार ।
बरिष्ठ फिल्म निर्देशक एभरेष्ट सूर्य बोहरा पुनः बिबाह बन्धनमा बाँधिएका छन् । उनले गत बर्षको भ्यालेन्टाइन्स डेमा सोलुखुम्बु निवासी धनलक्ष्मी श्रेष्ठसँग प्रेमबिबाह गरेका थिए । पुनः दाम्पत्य जीवन सुरु गरेको खुलासा उनले हालै आफ्नो फेसबुकमार्फत गरेका हुन् ।

‘जिन्दगी अघि बढाउन कसैको सहारा अत्याबश्यक रैछ,’ निर्देशक बोहराले भने,‘करिब दश बर्ष अमेरिकामा बैबाहीक सम्बन्धमा थिएँ । हामीबीच बिचार मिलेन । त्यसैले सहमतिमै दुई बर्षअघि छुट्टियौं ।’ अमेरिकी पत्नीसँग सम्बन्ध बिच्छेद भएको केही समयपछि उनी धनलक्ष्मीसँग प्रेममा परेका रहेछन् । ‘मैले आफूलाई बुझ्ने, माया गर्ने, बिचार मिल्ने धनलक्ष्मी पाएँ,’ उनले भने, ‘केही समयको प्रेमपछि हामीले गत फेब्रुअरी १४ मा हिन्दू संस्कार अनुसार बिहे गरेका हौ ।’

फिल्म निर्माण,निर्देशन,गीत लेखन,अभिनयका साथै समाजसेवामा समेत उत्तिकै सक्रिय निर्देशक बोहराले ‘कान्छा’,‘अग्नी परिक्षा’,‘मुटु’,‘ठूली’,‘भैरे’,‘श्री’,‘हेल्लो जिन्दगी’ जस्ता चर्चित फिल्म निर्देशन गरेका छन् । पचासको दशकमा फिल्म निर्देशन सुरु गरेका उनी करिब दुई दशक अमेरिका बसे । त्यहाँ फिल्म निर्माण र निर्देशनमा ग्राजुयट गरेका बोहरा पछिल्लो समय निरन्तर फिल्म निर्माण गर्ने हेतुले प्रि–प्रोडक्शनमा जुटेका छन् । निर्देशक बोहरालाई नयाँ बैबाहीक जीवनको शुभकामना ।

प्रतिक्रिया