Bisal Chautari Logo

कांग्रेस मुख्यालयमा युवा नेता भुपेन्द्र आमरण अनशनमा (फोटो फिचर सहित)

- २५ जेष्ठ २०७१, आईतवार १५:१८ मा प्रकाशित


Bhupendra Rai Aamran Anshan
विशाल चौतारी समाचार
काठमाडौं, २०७१ जेठ २५ आइतवार । नेपाली कांग्रस केन्द्रीय कार्यालय सानेपामा खोटाङ जिल्ला सभापति विष्णुकुमार राईको बर्खास्तीको मागसहित आमरण अनशन सुरू भएको छ । क्षेत्रीय समिति खारेजीको माग गर्दै नेपाली कांग्रेस खोटाङका युवा नेता भूपेन्द्र राईले आमरण अनसन सुरु गरेका हुन । Bhupendra Rai Aamran Anshan (1)
पार्टीको विधान बिपरित क्षेत्र नम्बर २ को क्षेत्रीय समिति गठन गरिएको भन्दै नेता राईले आईतबार बिहान ७ बजेदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आमरण अनसन थालेका हुन् । पार्टीको विधान विपरित गठन गरिएको क्षेत्रीय समिति खारेजीको माग गर्दै आमरण अनसन थालिएको कांग्रेसका पुर्व जिल्ला सदस्य एबं संगठन बिभाग प्रमुख रहेका राईले बताए ।केन्द्रीय कार्यालयमा गत जेठ १६ गतेदेखि रिले अनसन थालेको ९ दिनसम्ममा पनि आफ्नो माग सुनुवाई नभएपछि आमरण अनसन थालेको राईको भनाई छ । ‘कांग्रेसका सबै कार्यकर्ताले पार्टीको बिधि र विधान मान्नुपर्छ भन्ने हाम्रो माग हो,’ राईले बताए, ‘हाम्रो माग पूरा नभएसम्म आमरण अनसनलाई निरन्तरता दिइरहने छौँ ।’ कांग्रेस खोटाङका सभापति बिष्णुकुमार राईले विद्यान विपरित तिर्थराज भट्टराईको नेतृत्वमा क्षेत्रीय समिति गठन गरेको भन्दै राई सहितका दर्जनौं नेताहरु असन्तुष्ट बनेका छन् ।

[gss ids=”3914,3915,3913,3916,3917,3918″]

पुर्व वन राज्यमन्त्री शिबकुमार बस्नेतको नेतृत्वमा जिल्ला सदस्य पञ्चुकुमार राई, शरणकुमार राई, पार्टीका पुर्वउपसभापति राजन दाहाल, क्षेत्रीय सदस्य कर्णबहादुर राउत, खोटाङबजार गाबिसका पुर्वगाबिस अध्यक्ष कमलप्रसाद फुयााल, क्षेत्रीय प्रतिनिधि कबिराज राई लगायतका कांग्रेस नेताहरुले रिले अनसन थालेका थिए । त्यस्तै रिले अनसनमा जिल्ला कार्य समितीका प्रतिनिधीहरु, क्षेत्रीय कार्यसमितीका सचिवहरु खोटाङ गाविसबाट आएका सचिवहरु लगायत बसेका थिए ।
क्षेत्रीय कार्य समिति गठनको विषयमा चर्को बिरोधमा उत्रिएका राईलाई संबिधानसभाको दोश्रो निर्वाचनमा अन्तरघात गरेको आरोपमा कारबाहीकालागि सिफारिस गरेका नेताहरुले समेत रिले अनसनदेखि आमरण अनसमसम्मको आन्दोलनमा साथ दिएका छन् । जिल्ला सदस्य पञ्चुकुमार राई, शरणकुमार राई, राम सामपाङ लगायतका ३० जनाभन्दा बढि संख्यमा रहेको असन्तुष्ट समुहलाई संबिधानसभाको निर्वाचनमा अन्तरघातको आरोपमा कारकाहीको सिफारिसमा परेका पुर्व वन राज्यमन्त्री शिबकुमार बस्नेत, महासमिति सदस्य सुवासकुमार पोखरेल, पार्टीका पुर्वउपसभापति राजन दाहाल लगायतका समुहले साथ दिएको नेता राईले बताए । विद्यान विपरित क्षेत्रीय समिति गठन गरिएको बिरोधमा जिल्ला सदस्यबाट राजीनामा दिएका राईको समर्थनमा केन्द्रीय कार्यालयमै संघर्षका कार्यक्रम थालिएको उनीहरुको भनाई छ । उनीहरुले पार्टीको बिधि र बिद्यान विपरित काम गरेको भन्दै जिल्ला सभापति राईको बर्खास्तीको माग समेत राखेका छन् ।
संबिधानसभाको दोश्रो निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारका बिरुद्ध बागी उम्मेदवार दिएको आरोपमा क्षेत्र नम्बर–२ का तत्कालिन सभापति बिष्णुराज राई साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निष्कासित भएपछि रिक्त रहेको पदमा बिधि र बिधान बिपरित पदाधिकारी चयन गरिएको कांग्रेस महासमिति सदस्य महेन्द्र कट्वालले आरोप लगाए । सिमपानीमा गत माघ १६ र १७ गते आयोजना गरिएको क्षेत्रीय भेलामार्फत कांग्रेसले क्षेत्रीय समिति पु:र्नगठन गरेको घोषणा गरेको थियो । क्षेत्रीय समितिको बैठकले ६ महिनाकालागि कार्यबाहक सभापति चयन गर्न सक्ने वा जिल्ला कार्य समितिमार्फत बोलाइने क्षेत्रीय अधिबेसनले मात्र क्षेत्रीय सभापति चयन गर्न सक्ने असन्तुष्ट समुहको तर्क छ ।
कांग्रेसले बागी उम्मेदवार दिएका क्षेत्रीय अध्यक्ष, प्रस्ताबक र समर्थकलाई साधारण सदस्य समेत नरहनेगरी ५ वर्षकालागि निष्कासित गरेको छ, भने अन्तरघात गरेको आरोपमा पुर्व वन राज्यमन्त्री बस्नेत सहित १७ जना नेताहरुको क्रियासिल सदस्यता नबकिरण नगर्ने निर्णय गरेको थियो ।

ad

प्रतिक्रिया