Bisal Chautari Logo

एकचोटि ब्युटिपार्लर जाँदा ५ हजार खर्च – सुष्मा कार्की

- ७ फाल्गुन २०७०, बुधबार ०७:२६ मा प्रकाशित


सौन्दर्य वार्ता
सुष्मा कार्की (अभिनेत्री)

ब्रेकर :–पैसाभन्दा सेवा तथा सामानको गुणस्तरीयतालाई बढी ख्याल गर्छु । पैसा त फेरि पनि कमाउन सकिन्छ तर रूप भनेको सधैं एकनास हुँदैन । एकचोटि बिग्रिएपछि फेरि उस्तै बनाउन गाह्रै हुन्छ । त्यसैले पनि जुन पायो त्यही पार्लरमा नगएकी हुँ । ओ हो…अनुहारै बिग्रियो भने † त्यसैले ख्यालख्यालमा लिनु हुन्न यस्तो कुरालाई । आफ्नो फेस नबिग्रियोस् भन्नेतर्फ निकै सचेत छु म त । 
बिशाल चौतारी समाचार
काठमाडौं, ७ फागुन ।
मलाई पनि राम्री भएर हिँड्न मन लाग्छ । आफ्नै प्राकृतिक सुन्दरतामा मात्रै सन्तुष्ट भएर कुनै शृंगार नगरी हिँड्ने महिला त अपवादमा मात्रै भेटिएलान् । नत्र राम्री बनेर हिँड्न कसलाई मन नलाग्ला र ? त्यसमाथि म त नायिका परें, हजारौं दर्शकको नजर परिरहेको हुन्छ । त्यसैले सुन्दरतातिर विशेष किसिमले ध्यान दिनै परिगो । नायिका नै राम्री नदेखिए फेरि कसरी चल्छ र फिल्म पनि †
प्राकृतिक सुन्दरताले मात्रै पुग्दैन रहेछ मान्छेलाई । त्यसमा निखार ल्याउन थप शृंगार गर्नैपर्ने हुन्छ । त्यसैले त आधुनिकतासँगै सौन्दर्य प्रसाधनहरू पनि यति धेरै विकास भएका होलान् । म पनि समयअनुसार बजारमा पाइने नयाँनयाँ साधनको उपयोग गर्छु । हामी कलाकारलाई त झन् सामान्य जिवनमा देखिने सौन्दर्यले मात्रै पुग्दैन, चाहेर वा नचाहेर पर्दामा पनि सुन्दर देखिनैपर्छ । दर्शकको पहिलो नजर नायिकामाथि नै पर्छ । उनीहरू पहिला फेसमा हेर्छन्, कस्ती रहिछ भनेर । त्यसपछि मात्र अभिनय वा अन्य कुरातिर ध्यान दिइने हो । त्यसैले मलाई पहिले त फेस नै सुन्दर र आकर्षक हुनुपर्छ भन्ने लाग्छ ।
हिजोआज ब्युटिपार्लर जानु र सुन्दर बन्नु फेसनजस्तै भएको छ । आममहिला त महिनैपिच्छेजसो पार्लर जान्छन् भने हामी झन् नजाने कुरै भएन । कहिले कपाल मिलाउन त कहिले केके गर्न पुगिरहन्छु । त्यसो त बढीजसो पार्लरकै मान्छेलाई घरमा बोलाएर शृंगार गरिदिन लगाउँछु । जानैपर्दा भाटभटेनीस्थित ब्युटी क्लबमा पुग्छु । पैसाभन्दा पनि कसरी अझ सुन्दर बन्ने भन्नेतिर जान्छ मेरो ध्यान पार्लरमा । पैसाभन्दा सेवा तथा सामानको गुणस्तरीयतालाई बढी ख्याल गर्छु । पैसा त फेरि पनि कमाउन सकिन्छ तर रूप भनेको सधैं एकनास हुँदैन । एकचोटि बिग्रिएपछि फेरि उस्तै बनाउन गाह्रै हुन्छ । त्यसैले पनि जुन पायो त्यही पार्लरमा नगएकी हुँ । ओ हो…अनुहारै बिग्रियो भने † त्यसैले ख्यालख्यालमा लिनु हुन्न यस्तो कुरालाई । आफ्नो फेस नबिग्रियोस् भन्नेतर्फ निकै सचेत छु म त । 
साथीभाइ र आफन्तको बिहेपार्टी वा फिल्मको सुटिङका जानुपर्दा पार्लर धाउँछु ।
यति दिनमा जाने वा यति सुविधा लिने भन्ने कुनै फिक्स हुँदैन । आवश्यकता महसुस हुनासाथ गइहाल्ने हो । म जहाँ जान्छु त्यो ठाउँ त्यति सस्तो पनि छैन । त्यसैले खल्ती र समयचाहिँ मिलाएरै जानुपर्छ । एक पटक जाँदा चार–पाँच हजारसम्म खर्च हुन्छ । फेसियल गर्ने बानी छैन । अरू फेस ट्रिटमेन्ट गर्दा नै बढी पैसा जान्छ ।
कस्मेटिक सामान किन्नुपर्दा दरबारमार्गको शेर्पा मलमा जान्छु । त्यहाँ सक्कली सामान पाइने विश्वास लाग्छ । ब्रान्डेड कस्मेटिक सामान महँगो हुन्छ । चकलेट ब्रान्डको सामान मेरो फेवरेट हो, बढीजसो त्यही प्रयोग गर्छु । जता पायो त्यतै किन्दा कस्मेटिक सामान सक्कली हो कि नक्कली, छुट्याउनै गाह्रो पर्छ । फेरि अहिले बढीजसो नक्कली सामानकै बिगबिगी छ ।
पैसा भए पनि अन्तर्राष्ट्रिय बजारमा पाइने र बिज्ञापनमा देखाइने सामान नेपालमा सजिलै जहाँ भन्यो त्यहीँ पाइँदैन । उपलब्ध भएसम्मका नयाँ र आकर्षक सामान प्रयोग गर्न मन लाग्छ मलाई पनि । विज्ञापन हेर्दा सजिलै पाइएलोजस्तो तर खोज्न गयो भेट्न गाह्रो । कति कस्मेटिक त जति खोजे पनि पाइँदैनन् । (वार्तामा आधारित)

add

प्रतिक्रिया