Bisal Chautari Logo

‘गोर्खा वारियर’को हलिउड लेभलको टिजर : गोर्खाली सैनिकको वीरताको कथा

- ८ पुष २०७९, शुक्रबार १२:३४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ पौष ८, शुक्रबार ।
मिलन चाम्स निर्देशित ‘वार ड्रामा’ फिल्म ‘गोर्खा वारियर्स’को टिजर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन गरी कास्ट एण्ड क्रिउको उपस्थितिमा टिजर सार्वजनिक गरियो । टिजरको मेकिङ हेर्दा हलिउड लेभलको देख्न सकिन्छ ।

एक मिनेट लामो टिजरले सन् १९४९ मा बेलायती उपनिवेश रहेको मलाय टापुमा गोर्खा सैनिकले लडेको लडाइँको कथा पेस गर्छ । गोर्खाली सैनिकले बेलायती सेनाको तर्फबाट उक्त लडाइँ लडेका थिए । एक्सन दृश्यले भरिपूर्ण टिजरमा विजय लामा, रितेश चाम्स, रेविका गुरुङ, रियर राई लगायत कलाकार फिचर्ड छन् । सन् २०२३ मा विश्वव्यापी रिलिज हुने फिल्मको वल्र्ड प्रिमियर चाहिं आगामी जुनमा लण्डनमा आयोजना हुने भएको छ ।

छायांकन, ब्याकग्राण्ड स्कोर र दृश्य सम्पादन बलियो रहेको टिजरले गोर्खाली सैनिकको वीरतापूर्ण कथा भन्छ । ‘अहिलेको पुस्तालाई गोर्खाली इतिहासबारे जानकारी दिनु फिल्मको सान्दर्भिकता हो,’ पत्रकार सम्मेलनमा निर्देशक चाम्सले भने, ‘नेपाल र बेलायतबीचको सदियौं लामो गौरवपूर्ण सम्बन्धलाई यो फिल्मले थप उजागर गर्छ ।’ सुस्मिता वाइबा र सुमन राईले निर्माण गरेको फिल्म चाम्स इन्टरटेनमेन्ट र लण्ड सिने आईको ब्यानरमा बनेको हो ।

प्रतिक्रिया