Bisal Chautari Logo

खोटाङ काँग्रेस सभापतिको एकलौटी निर्णय विरुद्ध युवा नेता भुपेन्द्र आमरण अनसन बस्ने

- २४ जेष्ठ २०७१, शनिबार १६:२७ मा प्रकाशित


bhupendra rai
विशाल राई / उत्तम चौलागाई
काठमाडौं / खोटाङ २०७१, जेठ २२ शनिवार । खोटाङ कांग्रेसका जिल्ला सभापति बिष्णुकुमार राईले पार्टीको विद्यान बिपरित तिर्थराज भट्टराईको नेतृत्वमा क्षेत्रीय समिति गठन गरेपछि, क्षेत्रीय समिति खारेजीको माग गर्दै कांग्रेस खोटाङका युवा नेता भुपेन्द्र राई अमरण अनसनमा बस्ने भएका छन् ।
गत जेठ १६ गते शुक्रवारदेखी खोटाङका प्रायसबै असन्तुष्ट नेताहरुले पार्टीको केन्द्रीय कार्यालय सानेपामा रिले अनसन थालेका थिए । । रिले अनसन बसेको ९ दिन सम्मपनि खासै सुनुवाई हुन नसकेपछि युवा नेता भुपेन्द्र राई आमरण अनसनमा भोलि आइतबार २५ गतेदखी बस्ने भएका हुन् ।bhupendra rai
पुर्व वन राज्यमन्त्री शिबकुमार बस्नेतको नेतृत्वमा जिल्ला सदस्य पञ्चुकुमार राई, शरणकुमार राई, पार्टीका पुर्वउपसभापति राजन दाहाल, क्षेत्रीय सदस्य कर्णबहादुर राउत, खोटाङबजार गाबिसका पुर्वगाबिस अध्यक्ष कमलप्रसाद फुयााल, क्षेत्रीय प्रतिनिधि कबिराज राई लगायतका कांग्रेस नेताहरुले रिले अनसन थालेका थिए । त्यस्तै रिले अनसनमा जिल्ला कार्य समितीका प्रतिनिधीहरु, क्षेत्रीय कार्यसमितीका सचिवहरु खोटाङ गाविसबाट आएका सचिवहरु लगायत बसेका थिए ।
सभापति राईले विधान विपरित भ’राईलाई मनोनयन गरेको भन्दै युवा नेता भुपेन्द्र राईले पार्टीको जिल्ला सदस्यबाट राजिनामा समेत गरेका थिए । असन्तुष्ट खोटाङका प्राय नेताहरुले पार्टीको बिधि र बिद्यान विपरित काम गरेको भन्दै जिल्ला सभापति राईको बर्खास्तीको माग समेत राखेका छन् ।
कांग्रेसले बागी उम्मेदवार दिएका क्षेत्रीय अध्यक्ष, प्रस्ताबक र समर्थकलाई साधारण सदस्य समेत नरहनेगरी ५ वर्षकालागि निष्कासित गरेको छ । भने अन्तरघात गरेको आरोपमा पुर्व वन राज्यमन्त्री बस्नेत सहित १७ जना नेताहरुको क्रियाशिल सदस्यता नबीकरण नगर्ने निर्णय गरेको थियो ।
उता जिल्ला सभापति विष्णुकुमार राई भने पुस्तक विमोचनमै व्यास्त रहेका छन् ।

ad

प्रतिक्रिया