Bisal Chautari Logo

सर्वनाममा नबिनले गुञ्जाए झ्याउरे र रोधी भाका

- २४ जेष्ठ २०७१, शनिबार १४:१३ मा प्रकाशित


nabin gurung
विशाल चौतारी समाचार
काठमाडौं, २०७१ जेठ २४ शनिवार । बिहिबार साँझ सर्वनाम थिएटरमा फोटो पत्रकार तथा गायक नबिन गुरुङले झ्याउरे र रोधी भाका गुञ्जाएका छन् । सर्वनामको हल भरि रहेको दर्शकहरुलाई फोटो पत्रकार तथा गायक नबिनले सिटमा उठेर तालि बजारउन बाध्य बनाए ।nabin gurung (1)
सर्वनाम थियटरले गर्दै आएको सांगीतिक कार्यक्रम फ्युजन वेवको तेस्रो संस्करणमा बिहिबार गायक तथा फोटो पत्रकार नबिन गुरुङले कौडा चुड्का मारुनी भन्दा सबै जनाले तालीमा ताली र स्वरमा स्वर मिलाएर साथ दिएका थिए ।nabin gurung (2) गुरुङले आफ्नै शब्द संगीतमा रहेको चचिर्त गीत सलल पानी गाउँदा सबै जना झनै दर्शक उत्साहित बनेका थिए । उनले स्वर्गीय लोक गायक प्रविण गुरुङको विभिन्न चचिर्त गीतहरु समेत कभर गरेर गाए । उनलाई सर्वनामका कलाकारहरुले साथ दिएका थिए । यस्तै अर्का गायक शिव अधिकारीले असारे भाका, पूर्वेली झ्याउरे तथा धिमाल भाका सुनाएर । सर्वनाम थिएटरमा लोक संगीतको पुर्व देखि पश्चिम सम्मको भाका र लय समेटेको सो सांगीतिक कार्यक्रममा श्रीतारा ब्याण्डले विभिन्न लोक फ्युजन संगीतहरु सुनाएको थियो । सो कार्यक्रम हरेक अंग्रेजी महिनाको पहिलो दिन हुने भएता पनि यसपाली बिशेष कारणवश बिहिबार ५ तारिकको दिन कार्यक्रम सम्पन्न गरिएको सर्वनाम थिएटरले जानकारी दिएको छ ।

ad

प्रतिक्रिया