Bisal Chautari Logo

नेता योगेश भट्टराईले ‘भ्वाइस अफ नेपाल सिजन ४’का पदम राईको लागी भोट मागे

- २८ मंसिर २०७९, बुधबार २१:०५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ मंसिर २८ बुधबार ।
नेपालको चर्चित रियालिटि शो ‘द भ्वाइस अफ नेपाल सिजन ४’को टप ८ प्रतिस्पर्धीहरु बिचको प्रतिस्पर्धा रोचक भइरहेको छ । नेताहरु समेत अहिले आफ्नो भेग, र आफुलाई मनपर्ने प्रतिस्पर्धीलाई सपार्ट गरिरहेका छन् । यस्तैमा एमाले नेता योगेश भट्टराईले गृहजिल्ला ताप्लेजुङका प्रतियोगी पदम राईलाई जिताउन आग्रह गर्दै भोट मागेका छन् । पदम राई भ्वाइस अफ नेपालमा टिम राजेशमा रहेका छन् ।

योगेशले लेखेका छन्, ‘द भ्वाइस अफ नेपाल सिजन ४ मा प्रस्तुति दिने सम्पूर्ण कलाकार एकसे एक छन् । ताप्लेजुङको माटोसँग नाता जोडिएका पदम राई सम्भावना बोकेका उत्कृष्ट कलाकार हुन । म पदमलाई सफलताको शुभकामनासहित उनलाई थप उचाइमा पु¥याउन सबैमा सहयोगका लागि अनुरोध गर्दछु ।’

केही समय अगाडी धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले भ्वाइसकी प्रतियोगी सविना योङहाङलाई जिताउन आग्रह गर्दै भोट मागेका थिए । यसपटक महिलालाई भ्वाइसको विजेता बनाउनुपर्ने भन्दै उनले फेसबुकमार्फत आग्रह गरेका थिए ।

प्रतिक्रिया