Bisal Chautari Logo

करिश्मा, पतिलाई डिभोर्स दिए लगतै व्यापारीसँग दोस्रो बिहे गर्दै

- २३ जेष्ठ २०७१, शुक्रबार १४:२१ मा प्रकाशित


Karisma Kapoor
एजेन्सी समाचार
मुम्बई, २०७१ जेठ २३ शुक्रबार । हालै मात्र आफ्ना पति संजय कपूरसँग डिभोर्स गरेर अलग भएकी बलिउड अभिनेत्री करिश्मा कपूर छिट्टै दोस्रो बिवाह गर्न सक्ने बताइएको छ । Karisma Kapoor (2)भारतीय चर्चित अनलाइन भाष्कर दैनिकका अनुसार अभिनेत्री करिश्माको सम्बन्ध यतिबेला मुम्बइका व्यापारी संदिप तोशिवालसँग बढिरहेको छ । र उनिहरु पछिल्लो समय डेटमा व्यास्त रहेका छन् । समाचारको अनुसार छिट्टै आफुहरुको मायालाई यी दुई जोडीले बिबाहमा बदल्दैछन् ।
व्यापारी संदिपले अभिनेत्री करिश्मालाई पहिलेदेखि नै भावानात्मक समर्थन गर्दै आएका छन् । संजयसँग करिश्माले डिभोर्स गर्ने फैसला लिएदेखि नै संदिपले साथ दिन थालेका थिए । करिश्माले संजयसँग डिभोर्स गरेपछि यो जोडीले बिहे गर्ने निर्णय गरेको हो । अहिले अनुमान लगाइरहिएको छ की अभिनेत्री करिश्माले संजयसंग डिभोर्स यस कारणपनि मागेकी थिइन्, की संदिपसंग बिबाह गर्न सकियोस् ।
अभिनेत्री करिश्मा र व्यापारी संदिपले आफूहरुको सम्बन्धको बारेमा कुनै कुरा खुलाउन चाहेका छैनन् । तर करिश्माको परिवारले बिहेका लागि भने सकारात्मक जवाफ दिइसकेका छन् । यी दुई जोडीलाई मिलाउनको लागी करिश्माको बहिनी करिना कपुरले अहम भुमिका निभाइरहेकी छिन् । संजय ग्ल्यामर दुनियाँबाट टाढा रहेकाले पनि करिश्माले आजसम्म यो सम्बन्धलाई लुकाउन सफल भएकी हुन् । संजय भन्दा पहिला अभिनेत्री करिश्मा कपुरको अभिनेता अभिषेक बच्चनसंग इन्गेजमेन्ट भएको थियो ।

ad

प्रतिक्रिया