Bisal Chautari Logo

बेलायति मुरेले ‘ताण्डव’ निर्देशन गर्दै, नम्रता र लाहुरे एकसाथ देखिदै

- ७ फाल्गुन २०७०, बुधबार १७:३७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, ७ फागुन ।
नेपालमा विदेशी सिनेमाको छायांकन हुने क्रम बढिरहेको बेला विदेशी नागरिकले नै एक नेपाली चलचित्रलाई निर्देशन गर्न लागेका छन् । बेलायति नागरिक रहेका मुरे केरले एक्सन प्रधान नेपाली चलचित्र ‘ताण्डव’लाई निर्देशन गर्न लागेका हुन् । यस सिनेमाको छांयाकन आइतवारदेखि शुरु गरिने बुधवार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको थियो ।
चलचित्र ‘तान्डव’लाई बहुचर्चीत सिनेमा ‘वधशाला’ निर्माण गरेका निर्माता मोहन डोटेलले निर्माण गर्दैछन् । यस चलचित्रको कथा पनि निर्देशक मुरेकै रहेको पत्रकार सम्मेलनमा बताइएको थियो । पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्देशक मुरेले चलचित्रको कथा लेख्न थालेको आफुले दुई वर्ष पहिलेदेखि रहेको जानकारी दिए । सो क्रममा २० पटकसम्म पुर्नलेखन गरेर चलचित्रको कथालाई सशक्त बनाउँदै लगेको पनि उनले पत्रकार सामु सियर गरे । केहि मात्रामा नेपाली बोल्न सक्ने निर्देशक मुरेले भने –‘मलाई नेपाली चलचित्र क्षेत्र एकदमै च्यालेन्जीङ छ । तर मलाई नेपाली फिल्म नगरिले उत्साहित बनाएको छ, यहाँको धेरै कुराले मलाई आकर्षण गरेको छ ।’ निर्देशक मुरेले दोस्रो पटक नेपाली चलचित्रलाई निर्देशन गर्न लागेका हुन् ।
चलचित्रका निर्माता मोहन डोटेलले आफुलाई कथाले निकै आकर्षित गरेको कारण यस चलचित्रलाई निर्मण गर्न लागेको बताए । डोटेलले भने–‘दैनिक जसो नेपाली चलचित्रको स्क्रिप्टहरु म कहाँ आउने गर्दछ । तर मुरेको कथा यति सशक्त छ, की यस कथाको प्रत्येक क्यारेक्टर र पार्टले मलाई आकर्षण गर्‍यो’, सोही कारणपनि यस चलचित्रमा लगानी गर्न तयार भएको हु’ निर्माता डोटेलले बताए ।  यहि आइतवारबाट छयांकन शुरु हुने चलचित्र ‘तान्डव’को मुख्य अभिनेत्रीको रुपमा नम्रता श्रेष्ठले अभिनय गर्दै छिन् । यस चलचित्रमा अभिनेताको रुपमा भने नयाँ अनुहारलाई लिइएको छ । नेपाली संगीतका चर्चित र्‍यापर आशिष राना र थिएटरमा काम गरिरहेका एलेन गुरुङ यस चलचित्र मार्फत डेब्यु गर्दैछन् । अभिनेत्री नम्रताले यस चलचित्रको स्क्रिप्टले पहिलो पटक अध्ययन गर्दा नै आफुलाई आकर्षित गरेको पत्रकार सम्मेलनमा बताइन् । श्रेष्ठले भनिन् ‘यस चलचित्रमा हामी तीन जना(नम्रता, आषिश र एलेन) राम्रो साथी अन्तमा गएर उनिहरु बिच नै तण्डव देखिने छ ।’ त्यस्तै कार्यक्रममै बोल्दै अभिनेता आशिषले तीन महिना पहिलेदेखि आफ्नो भुमिकाको बारेमा अनुसन्धन र वर्कशप गरिरहेको बताए । तौलिहवामा पुगेर त्यहाँको एक प्रहरी अधिकृतसँग आफ्नो भूमिकाको बारेमा सिकेको पनि उनले बताए । त्यसै गरी अर्का अभिनेता एलेन गुरुङले पनि आफ्नो भूमिको बारेमा अभ्यास गरिरहेको जानकारी दिए । चलचित्रमा अनुप बराल, विपिन कार्की र विदेशि कलाकार ओच, हेना लगाएतको अभिनय रहनेछ । चलचित्रमा अष्ट महर्जनको द्वन्द्व र बु्द्ध गुरुङको संगित रहनेछ ।
स्मासिङ एप्पलको व्यानरमा निर्माण हुन लागेको यस चलचित्रको छायांकन मार्च अन्तिम सम्ममा सक्काउने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । यस चलचित्रलाई तराईको क्षेत्र तौलिहवा र काठमाण्डौमा छायांकन गरिनेछ ।

प्रतिक्रिया