Bisal Chautari Logo

संगितमा जिवन खोज्दै खोटाङ स्टार सचिन

- २३ जेष्ठ २०७१, शुक्रबार १२:०४ मा प्रकाशित


sachin rai
भिम राई
खोटाङ्ग, २०७१ जेठ २३ शुक्रबार । कला र गलाका धनी खोटाङगे माटोमा रम्ने एउटा युवा नव उदयीमान कलाकारको नाम हो सचिन राई । २०४६ सालमा खोटाङ जिल्लाको बाम्राङ ५ मा जन्मेका राई जिल्लामा हुने सानो होस या ठुलो साङ्गीतिक कार्यक्रममा जहाँपनि पुगेर गाउने गरेका छन् । उनको माग गाउघरको कार्यक्रममा लोकप्रिय बन्दै गएरहेको छ ।
‘फैलाउँ भन्छु सुर संगै जीन्दगीको आकार
गुञ्जाउा भन्छु तालसागै जीन्दगीको आधार
मेरो जीवन मेरो सार
म हु सुगम स्टार ’
। 

sachin raiउनै सचिन राई २०६९ सालमा भएको पहिलो खोटाङ सुगम स्टार हुन् । बाल्यकालदेखी नै संगितमा रुचि राख्ने राईले कक्षा ९ मा पहिलो चोटी राजेश पायल राईले गाएको मनचोरी भाग्नेलाई बोलको गित गाएर आफ्नो गाएन यात्राको तय गरेको स्मरण गर्छन । जिल्लामा हुने सानातिना प्रतियोगिताहरुमा लगातार गित गाउदै आएका उनि पछिल्लो चरणमा जिल्लामा रहने मोफसल गायकहरुको सूचिमा अगाडी नै छन् ।sachin rai पुर्वाञ्चल आईडलको उत्कृष्ट दशमा पर्न सफल राई नेपाल टेलिभिजनबाट प्रसारित खोजि प्रतिभा सिजन १ को ४०औं स्थानमा मात्र परेर पनि हरेस खाएनन् । त्यसपछि जिल्लामा भएको खोटाङ ताराको छनौटमा उनले उत्कृष्ट दशमा छनौट भएका थिए । सचिन भन्छन ‘त्योबेला मेरो साधनानै थिएन रहेछ’ । निकै लामो समय साधना गर्दापनि सफल हुनलाईृ कम मेहनतले नहुने निष्कर्ष निकाल्दै संगितको संसार चिहाउन कोशिस गरिरहेको छु’, सचिनले बताए ।
नेपाल आईडलको चौथो स्थानमा पुगेका राईले कलायात्रामा निकै ठुलो चुनौतिहरु बेहोरेको बताएका छन् । खोटाङ जिल्लामा संचालित पहिलो खोटाङ सुगम स्टारका स्टार छानिएका राईले आफ्नै मेहनत र परिश्रमले कलायात्रा तय गरेका हुन् । गित संगित र गायनको क्षेत्रमा राज्यको ठुलै हिस्सा ओगटने खोटाङ्गे कलाकारहरुको भिडमा नया अनुहार उदाएका राई गायनको क्षेत्रलाई रुचिको क्षेत्र बनाएर सुगम स्टार बनेपछि भएको नेपाल आईडल छनौटमा चौथो स्थान हासिल गर्न सफल भईसकेका छन् । मतको आधारमा दाश्रो स्थानमा आएको तर अन्य चलखेलले आफुलाई चौथोमात्र बनाईएको दुखेसो पोख्दै संगित यात्रा निकै महगो रहेको महसुस गरेको सचिनले बताए ।
काठमाडौमा आफ्नै गितको रेकर्डिङ गर्न काठमाण्डौ छिरेपछि बल्ल संगित कक्षा लिन कोशिस गरेका उनले ‘कसम ढााटया होईन, मेरी मायालुको खोट लाउने ठाउछैन’ बोलको लोकआधुनिक गित समेत रेकर्ड गरिसकेका छन् । मनछुने किसिमका भावानात्मक गितहरु गाउन मन पराउने राईले खोटाङका सानाठुला स्टेज तथा काठमाण्डौ,सुनसरी, भोजपुर, देखी बुटवल सम्मको स्टेजहरुमा हजारौ दर्शकको भिडलाई तताई सकेका छन् । ‘ढल्केर जाला त्यो तिम्रो जोवान ’ बोलको गित रेर्कड गर्ने क्रममा काठमाडौ आएका राईलाई खोटाङको भुमिबाट उठेका सांगितका सारथीहरुले खोटाङमै चाही केही नगरेको गुनासो राख्छन् । चर्चित संगितकारहरु शान्तिराम राई, डक्टर किरात, विरेन्द्र राई , महेश खडका, शिवसंगम राई देखी विनोद खम्बु सम्मका संगितकार, राजेश पायल राई , पार्वती राई देखी सरला राई सम्मका गायक गायिकाहरु रहेका भएपनि जिल्लामा एउटा संगित प्रशिक्षण केन्द्र सम्म नहुनुले भएका प्रतिभाहरु पछाडी परिरहेको गुनासो राईले गरे छन् ।
अन्तमा उनले एउटा आफ्नो क्षेत्रसंग मेल खाने आफैले गाएको गीतहरुका हरफ गाए :–
‘समस्याको क्षितिजमा म चम्कि राख्ने छु
गित संगित यात्रामा म लम्कि राख्ने छु
जितलाई म आगाल्छु, हराईदिन्छु हार
मेरो जीवन मेरो सार
म हु सुगम स्टार’

ad

प्रतिक्रिया