Bisal Chautari Logo

ऋतिक–सुजैनको सम्वन्ध टुट्दा दुइ बच्चालाई असर

- ८ फाल्गुन २०७०, बिहीबार ०७:४१ मा प्रकाशित


मुम्बई : केही समय अगाडी मात्र बलिउड अभिनेता ऋतिक रोशन र सुजैन एक मैत्रीपुर्ण सुचनाको आधारमा छुटिएका थिए । यी दुईको सम्वन्ध अलग भएपछीको सबैभन्दा बढी असर उनिहरुका दुई बच्चा रेहान र रिदानलाई परेको छ । दुबै बच्चाहरु बाबा ऋतिकको धेरै याद गर्ने गरेको समाचार बलिउड सञ्चार माध्ययमले बताएको छ । समाचारको अनुसार अभिनेता ऋतिकको साथ छुटिएपछी सुजैन आफ्नो पिता संजय खानको घरमै रहेका छन् । यहि कारणपनि दुबै बच्चाहरु बाबा ऋतिकको धेरै याद गर्ने गरेका छन् ।
अभिनेता ऋतिकको नजिकको मान्छेद्वारा प्राप्त भएको जानकारीको अनुसार दुइ बच्चाहरु आमालाई भन्दा बढी बाबालाई याद गर्ने गरेका छन् । अभिनेता ऋतिक आफ्नो प्रोफेसनल कामदेखी जहिलेपनि दुई बच्चहरुका लागी समय निकाल्थे । यी दुई बच्चाहरु अभिनेता ऋतिकसंग भेटेपछी धेरै खुसी हुने गरेका छन् । समाचारमा यो पनि बताइएको छ, की रेहान र रिदान आफ्नो बाबासंग बिताएको पुराना दिनहरु सम्झेर पुन: फेरी पनि सोहि समय बिताउन चाहन्छन् ।
रोशन परिवारमा अभिनेता ऋतिकले मात्र होइन उनका बहिनी सुनैनाले आफ्नो भतिजालाई धेरै माया गर्ने गरेका छन् । अभिनेता ऋतिककी बहिनी यी दुई बच्चाहरुसंग अभिनेता ऋतिक नहुदा उनकै साथ समय बिताउने गरेका थिए । सुनैनाले आफ्ना भतिजाहरुलाई बेला बेलामा गिफ्टपनि दिने गर्दथे । अभिनेता ऋतिकले आफ्नो जन्मदिन आफ्ना दुई छोराहरुका साथ मनाएका थिए । तर त्यस मौकामा सुजैन भने आएकी थिएनन् । तर अभिनेता ऋतिकले आफ्नो बर्थ डे मनाउनको लागी श्रीमति सुजैनलाई पनि बोलाएका थिए ।

add

प्रतिक्रिया