Bisal Chautari Logo

‘सत्यदिप’को गीत रेकडिङ सुरु

- ८ फाल्गुन २०७०, बिहीबार ०९:४८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, ८ फागुन ।
एस.बि.आर फिल्मस् प्रालिको ब्यानरमानिर्माण हुन लागेको चलचित्र ‘सत्यदिप’को गीत रेकडीङ सुरु भएको छ । बुधबार पुतलीसडक स्थित एवान म्युजिसियन स्टुडीयोमा चलचित्रको ‘म बाट टाढा मिती ’ बोलको गीत रेकडीङ गर्दै सुरु गएिको हो ।
अर्जुन पोखरेलको संगीत रहने यस चलचित्रको ‘म बाट टाढा मिती ’ बोलको गीत गायीका सबिना केसीले गाएकी छिन् । एक सांगीतिक मनोरञ्जनात्मक बिषयबस्तुमा निर्माण हुन लागेको ‘सत्यदिप’ पुष्कर घिमीरेको निर्देशनमा बन्न लागेको चलचित्र हो । थुप्रै चलचित्रमा मुख्य सहायक निर्देशक भएर काम गरेका पुष्कारको यो पहिलो निर्देशन हो । चलचित्रका निर्माता बिनय राम श्रेष्ठ रहेका छन् ।
यहि फागुनको अत्यबाट छायांकनमा जाने बताईको यस चलचित्रमा दिब्येस्वर गौतम, सबिना केसी, जेनिसिह राणा लगायतका कलाकारको अभिनय रहने छ । चलचिका केही कलाकार छनौट हुनबाकी रहेको निर्माता श्रेष्ठले जानकारी दिए । ‘चलचित्रमा आफुले अहिले सम्मकै उत्कृष्ट संगीति दिने प्रयास गरेको संगीतकार अर्जुन पोखरेलले बताए । उनले भने ,‘मैले संगीत गरेको अन्य चलचित्र भन्दा यसमा निकै गहन संगीत दिएको छु ।’ उपत्यकार र केही दृश्य उपत्यका बाहीर छायांकन गरिने बताइएको । यस चलचित्रमा नृत्य कमल राइको रहनेछ भने छायांकनमा शम्भु सापकोटा रहेका छन् ।

add

प्रतिक्रिया