Bisal Chautari Logo

प्रतिस्पर्धामा अम्बरी लाले मञ्चन

- २२ जेष्ठ २०७१, बिहीबार १८:०६ मा प्रकाशित


drishti theatredrishti theatre
विशाल चौतारी समाचार
काठमाडौं, २०७१ जेठ, २२ विहिबार । राष्टिय नाचघरले आयोजना गरेको उपत्यकाब्यापी एकांकी नाटक प्रतियोगितामा बिहीबार लोक दृष्टि थिएटरले दन्त्य कथामा आधारित नाटक ‘लम्बरी लाले प्रस्तुत गरेका छन् ।
प्रेम पौडेलको लेखन तथा परिकल्पनामा तयार पारिएको यस नाटकको निर्देशन अनिल आफ्लेले गरेका छन् । त्यस्तै बिष्णु थापाको सहनिर्देशनमा तयार पारिएको यस नाटकमा अनिल काफ्ले, रमेश खत्री, गायत्री त्रिपाठी, बिष्णु थापा, शाची गौतम, दिलिप रानाभाट, प्रज्ञा पन्त, आशिष रिजाल, देबराज घिमिरे र राजकुमार गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ भने रिक्की महर्जन, मेरिना महर्जनले ब्यबस्थापनमा सहयोग गरेका छन् ।
यो महोत्सवमा १८ गतेदेखि क्रमश अभागिनी आमा, पत्थरको कथा, मान्छे प्रतियोगिता र मृत आत्मा नाटक मन्चन भइसकेका छन् भने अब चौघेरा, मनगणन्ते र खैराती मास्टर नाटक प्रस्तुत हुनेछन् । यस प्रतियोगिताको पुरस्कार बितरण तथा समापन कार्यक्रम २७ गते रहेको छ ।

adv

प्रतिक्रिया