Bisal Chautari Logo

डान्स इन्डिया डान्सकी तेरिया जिटीभीको टोलीसँग नेपाल आइन् (भव्य स्वागतको फोटो सहित)

- २२ जेष्ठ २०७१, बिहीबार १२:०३ मा प्रकाशित


Teriya Magar – DID Lil MastersTeriya Magar - DID Lil Masters (1)
विशाल चौतारी समाचार
काठमाडौं, २०७१ जेठ २२ बिहीबार । डीआइडी लिटिल मास्र्टसको अन्तिम पाचमा छनौट भएकी नेपाली बालिका तेरिया मगर नेपाल आइपुगेकी छिन् । उनी त्रिभुवन विमान स्थलमा ठिक २ बजे आइपुगेकी हुन् ।
मुम्बईबाट काठमाडौं आउने टोलीलाई विमानस्थलमा विभिन्न संघसंस्था र तेरियाका आफन्त तथा शुभेच्छुकले भव्य स्वागत गरेका थिए । उनलाई विमान स्थलमा सुरक्षाकर्मिको पनि साथ रहेको थियो । भैरहवा हुँदै बुटवल र उनको जन्म गाउँ रुद्रपुर पुग्दासम्म उनको स्वागतमा हुने सबै गतिविधिको छायांकन र प्रसारण हुने भएकाले तेरियाको स्वागतका लागि धेरैभन्दा धेरै जनमानस उपस्थित गराउन जीटीभी टोलीले आग्रह गरेको छ ।
भारतीय च्यानल जीटीभीमा प्रसारण भइरहेको डान्स इन्डिया डान्स (डीआईडी) लिटिल मास्टर्सको अन्तिम पाँचमा छनोट भएकी तेरिया आजै बिहीबार गृह जिल्ला जानेपनि बताइएको छ ।

[gss columns=”2″ ids=”3850,3853,3852,3851″]

प्रतियोगिताका लागि चार महिनादेखि भारतको मुम्बईमा रहेकी तेरिया अन्तिम पाँचमा छनोट हुने निश्चित भएपछि रपन्देहीमा नृत्य छायांकनका लागि जीटीभीको टोलीसहित आएकी हुन् । तेरियाले नेपाल रहँदा आफ्नो नृत्य प्रस्तुत गर्दै आफूलाई विजयी बनाउन भोट माग्ने कार्यक्रम रहेको छ । १४ वर्ष उमेरसम्मका झन्डै चार लाख बालबालिकाले भाग लिएको प्रतियोगितामा छनोट भएका ४० हजार प्रतिस्पर्धीलाई पछि पार्दै उनी भोटिङ राउन्ड (टप टेन) मा आइपुगेकी थिइन् ।

तेरियाले गत वर्ष काठमाडौंमा सम्पन्न राष्ट्रव्यापी नृत्य प्रतियोगितामा प्रथम भई एक लाख रुपैयाँ नगद पुरस्कार जितेकी थिइन् । डीआईडी लिटिल मास्टर्सको उपाधि विजेताले ५० लाख भारु नगद र कारलगायतका उपहार प्राप्त गर्नेछन्। चार महिनादेखि जारी प्रतियोगिताको अन्तिम प्रतिष्पर्धा असार १ गते हुँदैछ । भोटका लागी यहा क्लिक गर्नुहोस् VOTE NOW
तस्बिरहरु : फेसबुक

adv

प्रतिक्रिया