Bisal Chautari Logo

‘के घर के डेरा’लाई उच्च शोज || अग्रीम टिकट बुकिङ खुल्यो

- ३ कार्तिक २०७९, बिहीबार २०:०७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ कार्तिक, ३ बिहिबार ।
दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा’ भोली शुक्रबारबाट नेपालभरका सिनेमा घरहरुमा रिलिज हुँदैछ । चलचित्रको बुधबारबाट मल्टिप्लेक्स हलहरुले अग्रीम टिकट बुकिङ समेत खुल्ला गरिसकेका छन् । चलचित्रले मल्टिप्लेक्स हलमा उच्च शोज पाएको छ ।

नेपालको सवैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले मात्रै देशभरका आफ्ना आउटलेटमा ३८ शोज दिएको छ । जुन निकै राम्रो शोज संख्या हो । यस्तै वान सिनेमाजले ६, रन्जना सिनेप्लेक्सले ४, बिग मुभिजले ३, आईएनआई सिनेमाजले ६, बिएसआर मुभिजले ३, एफक्युबले ३ र सिडिसी सिनेमाल भने अहिलेसम्म अग्रीम टिकट बुकिङकको लागि शोज बाँडफाँड गरिसकेको छैन् । बिहिबार साँझसम्म अधिकांश सिनेमा हलले सिनेमाले पाउन सम्पुर्ण शोको जानकारी सार्वजनिक हुनेछ ।
चलचित्रमा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशी, आयुषा ढकाल बाल कलाकारलगायतको पनि अभिनय छ ।

चलचित्रको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । सिंगे लामाको कथा रहेको सिनेमामा शंकर थापा स्माइल तथा कोशिस क्षेत्रीको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमाका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् ।

प्रतिक्रिया